ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ करोडको लागतमा कृषि फार्म सञ्चालन

Feb 14, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

फागुन २, दाङ । पश्चिम दाङमा २ करोड रुपैयाँभन्दा बढी लगानीमा कृषि फार्म सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारामा शिवमाया बहुउद्देश्यीय कृषि फार्म सञ्चालनमा आएको हो ।

मङ्गलवार महाशिवरात्रिको अवसर पारेर साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजनाका निर्देशक गोकर्णराज अर्यालले उक्त फार्मको उद्घाटन गरेका हुन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले शरुआत गरिएको फार्मबाट केराको चिप्स, अचारका साथै विभिन्न परिकारका नमकिनहरु उत्पादन गरिने सञ्चालक भागवत कमलापुरीको भनाइ छ । ‘फार्मको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई प्रशोधन गर्दै विभिन्न परिकार बनाएर बजारमा लैजाने नै हो’, उनले भने ।

फार्मका उत्पादनहरुलाई स्थानीय स्तरबाट देशका विभिन्न भागसम्म पुर्‍याउने लक्ष्य लिइएको सञ्चालक कमलापुरीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)