ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रबिन हुड इण्डेक्स : विनोद चौधरीले ४४.४ दिन धान्न सक्छन् नेपालको सरकारी खर्च

Feb 15, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । एक क्षणलाई मानौं कि संसारका सबै देशको सरकारसँग पैसा सकियो रे, अनि ती देशका सर्वाधिक धनी व्यक्तिले सरकारी खर्च चलाउनु पर्‍यो । यस्तो स्थितिमा हरेक देशका सबैभन्दा धनी व्यक्तिले आ–आफ्ना देशका सरकारलाई कति दिनसम्म चलाउन सक्लान् ? हामी सबैको मनमा कहिले न कहिले यस्तो खालको प्रश्न आएको होला । यस्तै प्रश्नलाई दृष्टिगत गरेर समाचार संस्था ब्लुम्बर्गले रबिन हुड इण्डेक्स २०१८ तयार पारेको छ ।

यस सूचीमा विश्वका ४९ देशको सरकारी खर्च र देशकै सर्वाधिक धनी व्यक्तिले आफूसँगको नेटवर्थ खर्च गरे भने कति दिनसम्म सरकार चलाउन सक्लान् भन्ने हिसाब गरिएको थियो । तीमध्ये विश्वका सर्वाधिक ६ धनीहरूले आ–आफ्ना देशको खर्च कति दिनसम्म उठाउन सक्छन् भन्ने तथ्याङ्क सँगैको पहिलो तालिकामा दिइएको छ । यस तालिकामा नेपाल, भारत र चीनका सर्वाधिक धनी व्यक्तिको क्षमता पनि दिइएको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन २५ अर्ब डलर बराबर रहेको छ । सरकारले चालू आवमा १२ अर्ब ७८ करोड डलर बराबरको बजेट सार्वजनिक गरेको थियो । हिसाबमा सजिलोका लागि नेपालको सरकारी खर्च वार्षिक साढे १२ अर्ब डलर हुने अनुमान गरौं । यो भनेको औसत दैनिक खर्च लगभग ३ करोड ४२ लाख डलर हो । संसारका सर्वाधिक ६ धनीहरूले नेपालको सरकारी खर्च धान्नु पर्‍यो भने कति दिन/महिना/वर्षसम्म खर्च पुग्ला ? यो हिसाब दोस्रो तालिकामा दिइएको छ ।

हाम्रै देशबाट फोर्ब्समा सूचीकृत एक मात्र अर्बपति हुन् विनोद चौधरी । फोर्ब्सले सन् २०१७ मा सार्वजनिक गरेको सूचीअनुसार विनोद चौधरी विश्वमा भने १ हजार ५ सय ६७औं धनी थिए । त्यतिबेला उनको सम्पत्ति १ अर्ब ३१ करोड डलर थियो । तर, फोर्ब्सको रियल टाइम नेटवर्थअनुसार फेबु्रअरी १४ मा विनोद चौधरीको नेटवर्थ १ अर्ब ५२ करोड डलर छ । नेपाल सरकारसँग पैसा अभाव भएर चौधरीले सरकारी खर्च चलाउनु पर्‍यो भने उनले कति दिनसम्म खर्च धान्न सक्लान् ? यसको उत्तर हो ४४.४४ दिन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)