ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विमानस्थलका विज्ञापनमा नयाँ नीति : नेपालीपन झल्किने विज्ञापन मात्रै राखिने

Feb 15, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा राखिने विज्ञापनबारे नीति तयार गर्न कार्यदल गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले एक महीनाभित्र विज्ञापन नीति तयार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका जगन्नाथ निरौलाको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । कार्यदलमा पर्यटन मन्त्रालय, नेपाल पयर्टन बोर्ड र विमानस्थलका प्रतिनिधि सदस्य छन् । कार्यदलले १ महीनाभित्रै नीति तयार पारी मन्त्रालयमा पेश गर्ने उनले बताए । पर्यटन मन्त्रालयले विमानस्थलमा राखिएका विभिन्न व्यापारिक विज्ञापन हटाएर नेपालको पहिचान झल्कने र पर्यटनमैत्री विज्ञापन राख्नेबारे लामो समयदेखि प्रयास गरे पनि यसको कार्यान्वयन हुन सकेको छैन । देशको एकमात्र विमानस्थलमा आउँदा देशको मौलिक पहिचान र नेपालीपन झल्कियोस् भनेर यो निर्णय गरिएको क्षत्रीले बताए । उनले भने ‘विदेशमा विमानस्थलको आम्दानीमा एरोनोटिकल क्षेत्रबाट ३० प्रतिशत र ननएरोनोटिकल क्षेत्रबाट ७० प्रतिशत आम्दानी हुने गरे पनि हाम्रो देशमा एरोनोटिकल क्षेत्रबाट ९० प्रतिशत र ननएरोनोटिकल क्षेत्रबाट १० प्रतिशत मात्र आम्दानी हुने गरेको छ । यसलाई बढाउन जरुरी छ ।’ एरोनोटिकल क्षेत्र विमानस्थलको ल्याण्डिङ पार्किङ लगायतबाट हुने आय हो भने ननएरोनोटिकल क्षेत्र विमानस्थलमा सञ्चालन गरिएका पसल तथा विज्ञापनलगायतका क्षेत्रबाट हुने आम्दानी हो । विमानस्थल व्यवस्थापनसँग सम्झौता गरी यसअघि राखिएका विज्ञापनमध्ये सम्झौता अवधि सकिएका विज्ञापन क्रमशः हटाउँदै जाने र नयाँ विज्ञापन नीति नआएसम्म सो स्थानमा नयाँ होर्डिङ बोर्डको सम्झौता नगर्ने निर्णय भएको उनले बताए । नयाँ नीति आएपछि सोहीअनुसार मात्र विज्ञापन राखिने क्षेत्रीले बताए । हाललाई नेपाल पर्यटन बोर्डले विमानस्थलमा राख्ने गरी डिजिटल विज्ञापन उपलब्ध गराउने सहमति भएको उनले जानकारी दिए । विज्ञापन नीतिले विमानस्थलको कुन–कुन स्थानमा व्यापारिक विज्ञापन राख्न उपयुक्त हुन्छ भन्नेबारे स्पष्ट निर्धारण गर्ने र विमानस्थलमा राखिने सबै प्रकारका विज्ञापन पर्यटनमैत्री विज्ञापन राखिने उनले बताए । उनका अनुसार यो नीति आए पनि त्रिभुवन विमानस्थलसँगसँगै देशभरका अन्य विमानस्थलमा पनि सोहीअनुरूप नीति कार्यान्वयन गरिनेछ । नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा आउने पर्यटकहरूले नेपाल आउनासाथ नेपालको पहिचान देखिने तस्वीर देख्न पाए देशप्रतिको धारणा सकारात्मक हुने नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले बताए । उनले विमानस्थलले ठाउँ खालि गरे पनि बोर्डले नेपालको पहिचान र पर्यटनसँग सम्बन्धित डिजिटल विज्ञापन राख्ने जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)