ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वित्तीय साक्षरताका लागि सडक नाटक

Feb 18, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

फागुन ६, रौतहट । राष्ट्र बैङ्क रौतहट शाखाले जिल्लाका ग्रामिण भेगमा वित्तीय साक्षरताका लागि सडक नाटक प्रदर्शन गरेको छ । रौतहटका चन्द्रपुर नगरपालिका अन्तर्गत पौराई, जुडीवेला, गैडाटार गाउँमा वित्तीय साक्षरताको बारेमा जानकारी दिने उद्देश्यले सो सडक नाटक प्रदर्शनी गरीयको राष्ट्र बैङ्कका प्रतिनिधी सुरेश पन्तले बताए ।

बैङ्कसँग कारोबार गर्ने तरिकाका बारेमा अझै पनि कतिपयलाई जानकारी नभएकाले नाटक प्रदर्शनी गरेकोे उनको भनाइ थियो । यस नाटकले नागरिकमा बचत गर्ने बानीको विकास हुन सहयोग गर्नेमा आफ्नो विश्वास रहेको पन्तले बताए । नागरिकले आर्थिक कारोबार कसरी गर्ने भन्ने बिषयमा जानकारी पाएको र सडक नाटक हेर्ने दर्शकहरुले कार्यक्रम प्रभावकारी रहेको बताएका छन ।

अनावश्यक खर्च गर्न नहुने, बिदेशबाट पैसा मगाउदा हुन्डी मार्फत पैसा मगाउन नहुने, घरमा पैसा राख्दा चोरी, आगजनी हुने, गाउँघरमा महँगो व्याजमा ऋण लीन नहुने, बैङ्क मार्फत आर्थिक कारोबार गर्दा सुरक्षित हुने लगायतका सन्देश नाटकले दिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)