ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँ जाँदैनन् बैङ्क

Feb 21, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । देश सङ्घीयतामा गएसँगै सिंहदरबार नै गाउँमा पुगेको भनिएको छ । जनतालाई उत्साहित बनाइएको पनि छ । तर विडम्बना, अहिले पनि धेरै स्थानीय तहका जनता बैङ्किङ कारोबारका लागि सदरमुकाममा आउन बाध्य छन् । सबै स्थानीय तहमा बैङ्किङ सेवा पुग्न सकेको छैन । जिल्लाका सबै स्थानीय तहमा बैङ्क पुग्न नसक्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । सुर्खेतको चौकुने गाउँपालिकाका प्रमुख धीरबहादुर शाहीले स्थानीय बासिन्दालाई बैङ्कको कामकै लागि दिनहुँ सदरमुकाम जानुपर्ने बाध्यता रहेको बताए । ‘गाउँमा बैङ्क नभएका कारण गाउँपालिकाको खाता सदरमुकामका बैङ्कमा खोलिएको छ,’ उनले भने, ‘हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनैपर्ने बाध्यता छ ।’ अहिले पनि सुर्खेतका नौ स्थानीय तहमध्ये पाँचओटा तहमा बैङ्क पुग्न सकेका छैनन् । यता, बाँकेजस्तो सुगम जिल्लाकै चारओटा स्थानीय तहमा वाणिज्य बैङ्क पुगेका छैनन् । नेपालगञ्ज बजारमा भने ३६ वाणिज्य बैङ्क, ११ विकास बैङ्क र चार वित्त कम्पनी छन् । जिल्लाको दोस्रो ठूलो बजार कोहलपुरमा १३ वाणिज्य र सात विकास बैङ्क छन् । खजुरामा चार वाणिज्य बैङ्क छन् । जिल्लाभर ७५ ओटा बैङ्क तथा वित्तीय संस्था छन् । बैङ्कहरूले गाउँ जाने इच्छा देखाएका छैनन् । ‘राप्तीसोनारी र डुडुवामा चाँडै नै बैङ्कहरू जादै छन्,’ राष्ट्र बैङ्क क्षेत्रीय कार्यालय, नेपालगञ्जका निर्देशक गुरुप्रसाद पौडेलले भने । राष्ट्र बैङ्कले ‘एक स्थानीय तह एक वाणिज्य बैङ्क’ नीति अघि सारेको छ । त्यसअनुरूप गाउँ जाने वाणिज्य बैङ्कलाई केही सुविधा दिइएको छ । बैङ्क नभएको ठाउँमा जाने वाणिज्य बैङ्कलाई राष्ट्र बैङ्कले १ वर्षसम्म १ करोड रुपैयाँ निब्र्याजी दिने भनेको छ । नयाँ ठाउँमा खुलेका वाणिज्य बैङ्कले प्रति २५ सय नयाँ खाता खोल्दा थप १ करोड निब्र्याजी पाउने व्यवस्था छ । राष्ट्र बैङ्क, नेपालगञ्जले यस क्षेत्रका १४ ओटा जिल्ला हेर्ने गर्दछ । बैङ्कका निर्देशक पौडेलका अनुसार १४ जिल्लामा १ सय आठओटा स्थानीय तह छन् । ३६ नगरपालिका र ७२ ओटा गाउँपालिका छन् । ३६ मध्ये २७ ओटा नगरपालिकामा बैङ्क पुगेका छन् । ९ ओटा नगरपालिका नै बैङ्कविहीन छन् । ७२ ओटामध्ये ६१ गाउँपालिकामा बैङ्कको पहुँच छैन । देशभरका ७ सय ५३ मध्ये साढे ३ सय स्थानीय तहमा बैङ्क पुगेका छन् । कर्णालीका पाँच जिल्लाका ३३ स्थानीय तहमध्ये सात ओटामा मात्रै बैङ्क पुगेका छन् । बैङ्क एशोसिएशनले यो वर्ष २ सय ५० स्थानीय तहमा बैङ्किङ सेवा पु¥याउने बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)