फागुन ९, रौतहट । नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमको बारेमा जानकारी गराउने उद्देश्यले रौतहटको गौरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा बीमा कार्यक्रमका रौतहट जिल्ला संयोजक पवन कुमार बोहोराले बिमाबाट हुने लाभका बारेमा जानकारी गराएका थिए । नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्देश्यले देशका विभिन्न स्थानमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम रौतहटमा पनि सञ्चालन गरिएको बोहोराले बताए ।
उनले नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार ल्याउने दीर्घकालीन लक्ष्य अनुरुप गुणस्तरी स्वास्थ्य सेवाको पहुँच पु¥याउने यस अभियानमा सञ्चार क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने चर्चा गरे ।
स्वास्थ्य सेवाका लागि पूर्व भुक्तानी प्राप्त गरी जोखिम न्यूनिकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्नु तथा स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवामा गुणस्तरीयता, प्रभावकारीता, दक्षता र जवाफदेहितामा सुधार ल्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रबिन्द्र साहको अध्यक्षतामा पत्रकार सम्मेलनमा जिल्लाभरीका पत्रकारहरुको सहभागिता रहेको थियो ।