ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौसमको कारण उडान प्रभावित

Feb 23, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । मौसम परिवर्तनका कारण दिनहुँजसो राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडान प्रभावित हुने गरेको छ । विमानस्थलहरूमा लाग्ने बाक्लो हुस्सुका कारण विमान उडान तथा अवतरण गर्न आवश्यक भिजिबिलिटी नपुग्दा उडान प्रभावित हुने गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए । उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल खुलेको समयमा देशका अन्य विमानस्थल नखुल्ने तथा देशभरका अन्य विमानस्थल खुल्दा काठमाडौंमा मौसम नखुल्ने कारण उडान प्रभावित हुने गरेको छ । खासगरी माघ÷फागुनमा विमानस्थलमाथि बाक्लो हुस्सु लाग्ने गरेका कारण बिहानको समयमा विमानहरू अवतरण गर्न समस्या परेको विमानस्थल स्रोतले जानकारी दियो । हाल विभिन्न ३० विमान कम्पनीले अन्तरराष्ट्रिय उडान तथा १८ ओटा कम्पनीले आन्तरिकतर्फ उडान गर्दै आएका छन् । विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तरराष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् । पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडानको सङ्ख्यामा समेत वृद्धि भएको छ । यसले विमानस्थलमा चाप परेका कारण विमानहरू न्यूनतम आधा घण्टादेखि अधिकतम डेढ घण्टासम्म आकाशमा नै होल्ड गर्नुपर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमान ‘डिले’ हँुदा यात्रुहरूको गुनासो बढ्ने गरेको विमान कम्पनीहरूको धारणा छ । विमानस्थलको पार्किङस्थलमा ९ ओटा जहाज बिसाउन सकिन्छ भने आन्तरिकतर्फ मिलाएर राख्दा बढीमा ३५ जहाज पार्किङ गर्न सकिने क्षत्रीले बताए । यद्यपि अहिले पार्किङभन्दा पनि मौसमको कारण उडानमा समस्या भएको उनको तर्क छ । उनले अबको ६ महीनाभित्रमा त्रिभुवन विमानस्थलमा ४ देखि ६ ओटा पार्किङ वे निर्माण गरिने जानकारी दिए । अहिले पार्किङ वे निर्माणको काम धमाधम भइरहेको उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)