ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेशको आर्थिक विधेयक तयार

Mar 5, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

फागुन २१, वीरेन्द्रनगर । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधि विधेयकको ड्राफ्ट तयार पारेको छ । प्रदेश सरकारले पूर्णता पाएसँगै मन्त्रालयको अधिकार प्रयोग गर्दै विधेयक तयार पारिएको हो ।

विधेयकमा स्थानीय तहका पदाधिकारीको सेवा सुविधा तोकिनुका साथै प्रदेश सरकारको नियमित कार्य सञ्चालनका लागि आवश्यक कार्यविधि समावेश गरिएको बताइएको छ ।

हाल प्रदेश सरकारबाट आर्थिक विधेयक निर्माण पास नभएकाले केन्द्र सरकारको निर्देशन अनुसारको सेवा सुविधा स्थानीय तहका जनप्रतिनिधिले पाउदै आएका छन् । विधेयक प्रदेशसभा बैठकमा पेश गर्न तयारी थालिएको मन्त्रालयले बताएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले केही विधेयकको तयारी पुरा भएसँगै सार्वजनिक खरीद विधेयक तत्काल अगाडी बढाइने बताए । उनले विधेयकमाथि आगामी मन्त्रिपरिषद्को बैठकमा छलफल हुने बताए । मन्त्रिपरिषद्को छलफलपछि आगामी प्रदेशसभा बैठकमा विधेयक पेश हुनेछ ।

संसद छलफलपछि पारित विधेयक प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रमाणिकरण गर्ने छन् । प्रदेश प्रमुखबाट प्रमाणिकरण भएको विधेयक राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै कार्यान्वयनमा आउनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)