ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाणिज्य सङ्घका पूर्वअध्यक्षमाथि भएको आक्रमणको विरोधमा चन्द्रनिगाहपुर बजार बन्द

Mar 7, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

फागुन २३, रौतहट । चन्द्रपुर नगर उद्योग बाणिज्य सङ्घका पूर्व अध्यक्ष बासुदेव अधिकारीमाथि भएको आक्रमणको भर्त्सना गर्दै विरोध स्वरुप बुधवार चन्द्रनिगाहपुर बजार बन्द गरिएको छ ।

पार्किङको विषयमा पूर्व अध्यक्ष अधिकारी र स्थानीय सवारी चालक अजित चौधरी बिच भएको थियो । सोही विवादका क्रममा सवारी चालक चौधरीले ढुङ्गा प्रहार गरी घाइते बनाएको पूर्व अध्यक्ष अधिकारीले बताए । पसल अगाडी सवारी साधन नराख्न अनुरोध गर्दा आफूमाथि ढुङ्गा प्रहार भएको उनको भनाइ छ ।

उक्त घटनाको विरोधमा चन्द्रपुर नगर उद्योग बाणिज्य सङ्घले चन्द्रनिगाहपुर बजार बन्दको आह्वान गरेको हो । सङ्घका पूर्व अध्यक्ष तथा व्यापारी अधिकारीमाथि ढुङ्गा प्रहार गर्नेलाई कारबाहीको माग गदै बजार बन्द गराएको चन्द्रपुर नगर उद्योग बाणिज्य सङ्घका अध्यक्ष सुनिल कुमार जयसवालले बताए । चन्द्रनिगाहपुर बजारमा रहेको पसल अगाडी नै साना तथा मझौला सवारी साधनले पार्किङ गर्ने गरेका कारण दिनहुँ विवाद हुने गरेको उनले बताए । चन्द्रपुर नगरपालिकाले सवारी साधन पार्किङको उचित व्यवस्थाका लागि तत्काल पहल गर्न पनि उनले माग गरेका छन् ।

वुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै सङ्घले दोषी माथि कानूनी कारबाहिको माग गर्दै सडक व्यवस्थापनमा सरोकारवाला निकायले चासो दिन समेत माग गरेको छ ।

रौतहट टेम्पो तथा मझौला यातायात व्यवसायी सङ्घका अध्यक्ष तारा प्रसाद बजगाईले पार्किङको समस्यामा नगरपालिकाले चासो दिनुपर्ने बताए । उचित स्थानमा पार्किङ्गको व्यवस्था मिलाइदिन बजगाईले नगरपालिकासँग आग्रह गरेका छन ।

घटनामा संग्लन चौधरीलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।

चन्द्रनिगाहपुर मुख्य चोकभन्दा उत्तरपट्टी टेकानमा सवारी साधनका लागि नगरपालिकाले पार्किङ्ग स्थल तोकेको भएता पनि यातायात व्यवसायीले उतm स्थान पार्किङ्गका लागि असुरक्षित रहेको भन्दै सो स्थानमा पार्किङ्ग गर्न छोडेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)