फागुन २९, सुर्खेत । नेपाल अटोमोबाइल एशोसिएशन (नासा)को कर्णाली प्रदेश कमिटी सोमवार सुर्खेतको वीरेन्द्रनगरमा चयन भएको छ । कर्णाली प्रदेशका अटोमोबाइल व्यवसायीहरुको सोमवार वीरेन्द्रनगरमाा भएको भेलाले उक्त कमिटी गठन गरेको हो ।
भेलाले रुपेश भण्डारीको अध्यक्षतामा ७ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा लक्ष्मी कार्की प्रधान, सचिव सम्राट गौतम तथा सदस्यहरु पुनम बिसी, उत्सव प्याकुरेल, लोकेन्द्रप्रसाद दहाल र शरद भण्डारी चयन भएका छन् ।
नासाले विशेषतः नेपाल सरकारद्वारा मान्यताप्राप्त साहसिक खेलकुदका लागि काम गर्ने गरेको केन्द्रीय महासचिव गोविन्द भट्टराईले बताए । यस क्षेत्रमा मोटो जिपी, कार रेस, बाइक रेस, रक क्लाइम्बिङ्ग जस्ता खेलहरुको प्रवर्द्धन गरी पर्यटनमा सघाउ पु¥याउनु नासाको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
उनका अनुसार कर्णाली प्रदेशको सम्वृद्धिका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिने छन् । रोड सेफ्टीमा खासगरी रातो नम्बर प्लेटमा नासाको उल्लेखनीय योगदान रहदै आएको भन्दै कर्णाली प्रदेश कमिटीका अध्यक्ष रुपेशले प्रदेशमा पर्यटन प्रवर्द्धनमा नासा सरोकारवालासँग हातेमालो गर्न तयार रहेको उल्लेख गरे ।