ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘यूएस बङ्गला विमान दुर्घटना प्रकरण’ : छानबिन शुरू

Mar 14, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमवार भएको यूएस बङ्गला विमान दुर्घटनाको छानबिन गर्न गठित समितिले मङ्गलवारदेखि छानबिन शुरू गरेको छ । दुर्घटनापछिको अवस्थाबारे जानकारी दिन मङ्गलवार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले घटनाको यथार्थ विवरण सार्वजनिक गर्न गठित आयोगले जतिसक्दो छिटो प्रतिवेदन बाहिर ल्याउने जानकारी दिए । घटनाबारे जे जति प्रतिक्रिया र टिप्पणी बाहिर आए पनि नेपालको उद्धार टोलीले प्रभावकारी ढङ्गले काम गरेकोले नै २२ यात्रुलाई जीवितै उद्धार गर्न सकिएको उनले दाबी गरे । उनले भने, ‘सकेसम्म ५ महीनाभित्र दुर्घटनाको विवरण बाहिर आउँछ ।’ उनले बङ्गलादेशको तर्फबाट माग भएमा यो समितिमा बङ्गलादेशका प्राधिकरण र एटीसीका प्रतिनिधिलाई पनि सहभागी गराउन सकिने जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमान दुर्घटनाको कारण छानबिन समितिको प्रतिवेदन आएपछि मात्र भन्न सकिने बताए । विमानस्थलको एटीसीसँगको सम्पर्कअनुसार विमानस्थलको कारणले दुर्घटना नभएको उनको भनाइ छ । मन्त्रालयका सहसचिव सुरेश आचार्यले छानबिन समितिले अन्तरराष्ट्रिय मापदण्डअनुरूप छानबिन गर्ने बताए । उनले समितिको समयसीमा नतोकिए पनि करीब ५ महीनाभित्रै प्रतिवेदन तयार गर्न मौखिक सहमति भएको जानकारी दिए । यस्तै, विमानस्थलको एटीसी र विमान चालकबीच भएको संवाद बाहिरिएपछि सोमवार एटीसीमा कार्यरत कर्मचारीको ड्युटी अफ गरिएको मन्त्रालयले जानकारी दिएको छ । बङ्गलादेशको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौंमा दुर्घटनामा परेको विमानको अवस्थाबारे जानकारी लिन बङ्गलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । प्राधिकरणका महानिर्देशक गौतमले उक्त प्रतिनिधिहरूसँग मङ्गलवार नै आफूहरूको भेटवार्ता भएको र दुर्घटनाका बारेमा जानकारी दिएको बताए । प्रतिनिधिमण्डलमा बङ्गलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बङ्गलादेशका उच्च अधिकारी छन् । उनीहरूले मन्त्रालय तथा प्राधिकरणका अधिकारीसँग दुर्घटनाबारे जानकारी लिएको गौतमले बताए । घाइते २ जनाको डिस्चार्ज, मृतक ११ जनाको पोष्टमार्टम विमानमा दुर्घटनामा परी उपचाररत २२ जनामध्ये २ जना डिस्चार्ज भएका छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार सोमवार विभिन्न अस्पतालमा उपचाररतमध्ये मङ्गलवार २ जना डिस्चार्ज भएका छन् । सोमवार घटनास्थलमै ४० जना र उपचारको क्रममा ९ जना गरी ४९ जनाको मृत्यु भएको थियो । मृत्यु भएकाहरूमध्ये मङ्गलवार बेलुकासम्म ११ जनाको मात्रै शवपरीक्षा सकिएको छ । अधिकांश जलेको अवस्थामा रहेकाले पहिचानमा समस्या भएको छ । यसैबीच त्रिवि शिक्षण अस्पतालमा फरेन्सिक विभागका अनुसार मङ्गलवारसम्म ११ जनाको पोष्टमार्टम गरिएको छ । फरेन्सिक विभागका प्रमुख डा. प्रमोद श्रेष्ठले ११ जनाको पोष्टमार्टम भए पनि धेरैजसो शव चिन्नै नसक्ने अवस्थामा रहेको जानकारी दिए । शव जलेकाले दाँत, कपाल र आवश्यक परिस्थितिमा डीएनएसमेत परीक्षण गर्नुपर्ने उनले बताए । स्वदेशी र विदेशी नागरिक रहेकाले सबै प्रक्रिया पूरा गरेर पोष्टमार्टमको काम गरिसक्न थप ५ दिन लाग्ने अस्पतालले जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)