ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लोकसेवा तयारी कक्षाको बजेटमा अनियमितता

Mar 18, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

चैत ४, धनगढी । कैलालीको गोदावरी नगरपालिकाले महिला विकास शाखा मार्फत सञ्चालन गरेको लोक सेवा तयारी कक्षाका लागि विनियोजिन गरेको बजेटमा अनियमितता भएको पाइएको छ । गोदावरी नगरपालिका भित्रका ७२ जना महिलाहरुका लागि निःशुल्क रुपमा उक्त कक्षा सञ्चालनका लागि नगरपालिकाले ४ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।

कक्षामा सहभागी महिलाहरुका लागि स्टेशनरी सामग्री तथा दैनिक खाजा समेत उपलब्ध गराउने भनिएपनि थोरैले मात्रै स्टेशनरी सामग्री पाएको कक्षामा सहभागी महिलाहरुले बताएका छन् ।

एक महीने लोक सेवा तयारी कक्षामा कुल ७२ जनाको निवेदन परेकोमा ६६ जना मात्रै नियमित कक्षामा सहभागी भएको गोदावरी नगरपालिका कार्यालय अत्तरियाले बताएको छ । कक्षा सञ्चालन गर्नकै लागि ४ लाख रुपैयाँ बिनियोजन गरिएको भएपनि दैनिक खाजा र स्टेशनरी सामग्री समेत नपाएको सहभागीहरुले गुनासो गरेका छन् । निःशुल्क तालिम बाहेक अरु कुनै सुविधा नपाएको एक सहभागीले बताइन् ।

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनीले दैनिक खाजा, स्टेशनरीलगायतका सुविधा सहित एक महीने तालिमका लागि ४ लाख रुपैयाँ छुट्टयाएको स्वीकार गरेका छन् ।

माघ २३ गतेदेखि शुरु भई फागुन २३ गतेसम्म सञ्चालन भएको लोक सेवा तयारी कक्षाका सहभागीलाई कक्षा सकिएको दुई साता बितिसक्दा पनि नगरपालिकाले खाजा खर्च र स्टेशनरी सामग्री उपलब्ध गराएको छैन ।

कक्षामा सहभागी महिलाहरुको नाममा आएको रकम नगरपालिकाले भागवण्डा गर्न नहुने गोदावरी नगरपािलका ५ की रमा फुलाराले बताइन् ।

निःशुल्क भनिएको लोक सेवा तयारी कक्षाको फारम भर्दा सहभागीबाट एक/एक सय रुपैयाँ शुल्क समेत लिइएको बुझिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)