ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रमण तथा आर्थिक सहायता : एकै महीनामा साढे २ करोड खर्च

Mar 22, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । पछिल्लो समय भ्रमण तथा आर्थिक सहायताको नाममा राज्यकोषको करोडौं रकम स्वाहा पारिएको छ । कर्मचारी तथा मन्त्रीहरूमा विदेशमोह बढ्दै जाने र सरकारले समेत आफूखुशी आर्थिक सहायता बाँड्ने क्रम नरोकिएपछि राज्यकोषबाट करोडौं रकम खर्च भएको हो । चालू आर्थिक वर्ष (आव) को फागुन महीनामा मात्रै कर्मचारीको भ्रमणमा रू. १ करोड २२ लाख र आर्थिक सहायताका नाममा रू. १ करोड ४२ लाख गरी राज्यकोषको रू. २ करोड ६४ लाख ४४ हजार अर्थ मन्त्रालयले निकासा गरेको छ । अर्थका अधिकारीहरू विदेश भ्रमणमा जाँदा मात्रै भ्रमण तथा भत्ता शीर्षकमा रू. ४९ लाख ५० हजार सकिएको छ । उक्त शीर्षकमै फागुुनमा युवा तथा खेलकुद मन्त्रालयलाई रू. ८ लाख ९९ हजार, कृषि विकास मन्त्रालयलाई रू. ८ लाख ६८ हजार, राष्ट्रिय मानवअधिकार आयोगलाई रू. ५ लाख निकासा गरिएको छ । आर्थिक सहायताका नाममा समेत फागुनमा ठूलो रकम अर्थले निकासा गरेको छ । उक्त शीर्षकअन्तर्गत उपचारका लागि भनेर पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानलाई रू. २५ लाख र कोष तथा लेखा नियन्त्रक कार्यालय, खोटाङका लेखापाल लेखनाथ आचार्यलाई करीब रू. २ लाख १५ हजार निकासा गरेको छ । अन्य व्यक्तिलाई समेत अर्थले यसरी नै सोही शीर्षकमा रकम निकासा गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)