ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ किलोमिटर सडक बनाउन ८ वर्षमा ५४ लाख खर्च

Mar 24, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

चैत १०, रुकुम । ८ वर्ष लगाएर ६ किलोमिटर सडक निर्माण गर्दा ५४ लाख रुपैयाँ खर्च भएको छ । वि.सं. २०६६ मा थालिएको रुकुम (पूर्व)मा ६ किलोमिटर लम्बाईको बालुवा–डालिवाङ सडक खण्डको निर्माण वि.सं. २०७४ मा आएर सम्पन्न भएको हो ।

निर्माण उपभोक्ता समितिले दिएको जानकारी अनुसार तत्कालीन जिल्ला विकास समितिको ५ लाख, काँडा गाविसको ५ लाख, संसद विकास कोषको १७ लाख, भूमे गाउँपालिकाको साढे २२ लाख र जनश्रमदानबाट साढे ४ लाख गरी कुल ५४ लाख रुपैयाँको लागतमा सडक निर्माण भएको हो ।

बजेट अभावका कारण यो सडक निर्माण सम्पन्न गर्नका लागि ८ वर्ष लागेको उपभोक्ता समितिले जानकारी दिएको छ । ट्रयाक खुलेको तीन वर्षसम्म बजेट अभावकै कारण अलपत्र परेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु बुढामगरले बताए । ‘सडक निर्माण शुरु भएपछि लगातार बजेट पाईएन,’ अध्यक्ष बुढाले भने, ‘बजेट अभावमा सडक निर्माण कार्य अघि बढ्न नसकेको हो ।’ भौगलिक विकटताका कारण पनि यो सडक खण्ड निर्माणमा ८ वर्ष र ५४ लाख रुपैयाँ खर्चिनु परेको उनले बताए ।

८ वर्ष समय लगाएर सडक निर्माण सम्पन्न भएपछि गाउँमा पहिलो पटक गाडी पुगेको छ । आवत–जावत, दैनिक उपभोग्य सामग्रीको साथै अन्य निर्माण सामग्री ढुवानीमा सहजता आइको भन्दै स्थानीय खुशी भएका छन् । सडक निर्माणले पूर्णता पाएपछि गाउँमा जीप तथा ट्याक्टर नियमित चल्न थालेका छन् । दैनिकजसो गाडिहरु आउजाउ गर्न थालेपछि सामग्री ढुवानी र गाउँको उत्पादन बजारसम्म पु¥याउन सहज भएको स्थानीयले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)