ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रारा जाने पर्यटकलाई बराहताल चिनाउन महोत्सव

Mar 24, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

चैत्र १०, वीरेन्द्रनगर । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ४ तरङ्गामा यही चैत्र २३ गतेदेखि २७ गतेसम्म ‘बराहताल पर्यटन तथा कृषि महोत्सव’ सञ्चालन हुने भएको छ ।

ओझेलमा परेको बराहतालको प्रचारप्रसार गरी पर्यटन प्रवरद्धन गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गर्न लागिएको आयोजकले जानकारी दिएको छ । वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले आफ्नै गाउँठाउँमा उत्पादित वस्तुहरुको प्रयोग गरेर आफ्नै ठाउँमा काम गर्न सकिने भन्दै महोत्सवले बराहतालको बारेमा छर्लङ्ग पार्ने बताए । बस्नेतले अहिले बराहतालमा धेरै समस्या रहेको र तिनको समस्या समाधान गर्दै जाने बताए ।

कुनै समय निकै लोकप्रिय रहेको बराहताल अहिले जीर्ण बन्दै गएको र उक्त क्षेत्र अहिले जनावर र पन्छीहरुको बासस्थानको रुपमा मात्रै रहेको भन्दै अध्यक्ष बस्नेतले अब गुरुयोजना बनाएर त्यसको संरक्षणमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । विषादियुक्त उत्पादनले मानव स्वस्थ्यमा प्रतिकुल असर पारिरहेको अवस्थामा अब बराहताललाई अर्गानिक वस्तु उत्पादनको थलोको रुपमा विकास गरिने उनको भनाइ छ । रारा जाने पर्यटकलाई बराहताल समेत छ भनेर जानकारी गराउन महोत्सव आयोजना गरिएको उनले बताए ।

महोत्सवले होमस्टेमार्फत पर्यटन र रोजगारीको सिर्जना गर्ने, स्थानीय उत्पादन, कला संस्कृतिको प्रवर्द्धन र स्थानीय वस्तुको बजारीकरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ । महोत्सवमा भेरी नदीको ¥याफ्टिङ, वोटिङ, कुम्भिकोट टावर दृश्यावलोकन, नृत्य, दोहोरी गीत, भलिबल, कराँतेजस्ता विविध कार्यक्रम गरिनेछ ।

३२ लाख खर्च हुने अनुमान गरिएको महोत्सवका लागि गाउँपालिकाले २० लाख लगानी गर्नेछ । महोत्सवबाट आम्दानी गर्नेभन्दा पनि बराहतालको प्रचारप्रसार गराउनु नै मुख्य उद्देश्य रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)