ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३८ जिल्लाका गापा/वडा सडक सञ्जाल पहुँच बाहिर

Mar 26, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । सङ्घीय प्रणालीको अभ्यास गरिरहेको नेपालमा आवश्यक पूर्वाधारको रूपमा हेरिएको सडकको पहुँच अझै सबै क्षेत्रमा पुग्न सकेको छैन । ६ ओटा प्रदेशका ३८ जिल्लाका विभिन्न गाउँपालिका र वडाहरू जिल्ला सडक सञ्जाल तथा राष्ट्रिय सडक सञ्जालको पहुँच बाहिर रहेको देखिएको छ । ६ ओटा प्रदेशमा १५ जिल्लाका ४८ ओटा विभिन्न गाउँपालिका (गापा) अझै पनि जिल्ला र राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेका छैनन् । यस्तै सोही प्रदेशका ३८ जिल्लाका २ सय ६० वडाहरू आफ्नै गापा केन्द्रसम्म सडक सञ्जालमार्फत जोडिएका छैनन् । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)को तथ्याङ्कअनुसार ती गाउँपालिका र वडाहरूमा सडकको ट्र्याक पनि खोलिएको छैन । डोलिडारको तथ्याङ्कअनुसार ७ ओटा प्रदेशमध्ये ६ ओटा प्रदेशमा सडक पहुँचको अवस्था कमजोर देखिएको छ । यस्तै ४ ओटा (१, ३, ६, ७) प्रदेशका १५ जिल्लाका गाँउपालिकाहरू जिल्ला सडक सञ्जालसँग पनि जोडिएका छैनन् । मुलुकका सबै जिल्ला र स्थानीय निकायका केन्द्रले जिल्ला तथा राष्ट्रिय सडक सञ्जालसम्मको पहुँच विस्तार गर्न सकेका छैनन् । ती गाँउपालिका र वडाहरू अहिले घोषणा गरिएका स्थानीय तहको केन्द्रसँग जोड्नका लागि सडक नै निर्माण हुन सकेको छैन । त्यसो त, २ नं. प्रदेश भने सडक पहुँचका सवल देखिएको छ । यस प्रदेशका जिल्ला, नगरपालिका (नपा), गाउँपालिका (गाप) तथा वडाहरू जिल्ला, नपा, गापका केन्द्रसँग जोडिएका छन् । सडक पूर्वाधार विकासमा सडकको कनेक्टिभिटीले ठूलो महत्त्व राख्ने भए पनि ग्रामीण भेगमा सडक कनेक्टीभिटिको अवस्था निराशाजनक देखिएको छ । यसले गर्दा सडक कनेक्टीभिटिमा लामै समयदेखि सरकार तथा सम्बन्धीत निकायहरू लागि परे पनि परिणाम भने कमजोर देखिएको हो । अझै पनि गाउँपालिका तथा वडाहरूको पहुँचमा सडक छैन । विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले गाउँपालिकासँग सडक सञ्जालले नजोडिएका वडालाई सडक निर्माणका लागि भन्दै रू. ५० करोड बजेट उपलब्ध गराएको जानकारी दिए । उनले गापसँग सडकको दूरी र अवस्था हेरी ती ४८ गापलाई बजेट उपलब्ध गराइने बताए । अहिले ७ ओटै प्रदेशमा ६ हजार ७ सय ४३ वडा छन् । पछिल्लो समयमा सडक कनेक्टीभिटीलाई प्राथमिकता दिँदै आएका बेला पनि सडक सबै सर्वसाधारणको पहुँचसम्म पुगेको छैन । यसले पनि मुलुकको विकासको अवस्थालाई चित्रण गरेको देखिन्छ । विभागको तथ्याङ्कअनुसार सबैभन्दा बढि प्रदेश नं. ६ सडक सञ्जालको पहुँचमा कमजोर अवस्थामा रहेको छ । उक्त प्रदेशका २६ ओटा गाउँपालिका सडकको पहुँच बाहिर रहेका छन्, भने सोही प्रदेशका १ सय ७ ओटा वडाहरू आफ्ना स्थानीय सरकारका केन्द्रसम्म पनि सडकको पहुँचमा छैनन् । ६ ओटा प्रदेशमध्ये ४, ५ नं. प्रदेशका गाउँपालिकाहरू जिल्ला तथा राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् भने केही वडाहरू गाउँपालिकाको केन्द्रसम्म सडकको पहुँच पुगेको छैन । अर्काेतर्फ अझै पनि २ जिल्ला हुम्ला र डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छैनन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)