ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘लघुवित्त बैङ्कहरू गलत बाटोमा’

Mar 27, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले लघुवित्त बैङ्कहरू गलत बाटोमा हिँडेको टिप्पणी गरेका छन् । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर रहेर लघुवित्त बैङ्कलाई कमर्शियल बैङ्क जस्तै बनाएर सञ्चालन गरेको उनको आरोप छ । नेपाल लघुवित्त बैङ्कर्स सङ्घले आयोजना गरेको दुई दिने कार्यशाला गोष्ठीको सोमवार उद्घाटन गर्दै गभर्नर नेपालले लघुवित्त बैङ्कले गरीब तथा न्यून वर्गका मानिसलाई बिर्सेर ठूला व्यवसायलाई कर्जा प्रदान गर्ने गरेको बताए । उक्त गतिविधिको विरोध गर्दै उनले भने, ‘लघुवित्त बैङ्क तथा संस्थाको काम दूरदराजका मानिसको जीवनस्तर माथि ल्याउन कर्जा प्रदान गरी उनीहरूलाई व्यवसायमा हौसला प्रदान गर्नु हो । तर, नेपालका लघुवित्त क्षेत्रमा त्यस्तो कार्य भएको पाइँदैन ।’ आगामी दिनमा यसलाई सुधार गरेर लघुवित्त क्षेत्र सृजनशील र योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले सरकारले सबैलाई रोजगार र पैसा दिन नसक्ने हुँदा लघुवित्त क्षेत्रले यस्ता काम गर्न सके समृद्धिको ढोका खुल्ने धारणा व्यक्त गरे । कृषिक्षेत्र समृद्धिको मुख्य आधार भएको भन्दै उनले कर्जा वितरणमा कृषि क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताए । यदि यस्ता कार्य वित्तीय क्षेत्रले गरेमा युवाहरू रोजगारीका लागि विदेशिने प्रचलनमा कमी आउने उनको विश्वास थियो । उनले लघुवित्त क्षेत्रमा फस्टाएको बहुआयामिक कर्जा वितरण (मल्टीपल ल्याण्डिङ)का कारण गरीब तथा लक्षित वर्ग यो सेवाबाट वञ्चित भएको बताए । विकसित मुलुकमा पनि यस्तो समस्या रहेको भन्दै उनले यस विकृतिको न्यूनीकरण गरी नयाँ प्रक्रियाबाट अगाडि बढ्नुपर्ने बताए । लघुवित्त संस्था सहकारी जस्तो नभएर सेवामूलक रूपमा सञ्चालन हुनुपर्ने उनको भनाइ थियो । यस्तै, राष्ट्र बैङ्कका लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षक जनकबहादुर अधिकारीले लघुवित्त संस्था सेवामुखीभन्दा पनि नाफामुखीतिर बढी केन्द्रित भएको बताए । उत्पादनशील क्षेत्रमा कर्जा वितरण गर्नुपर्ने लघुवित्त बैङ्कको दायित्व भएको बताउँदै उनले भने, ‘उद्यमशीलताको विकास र आममानिसलाई स्वरोजगार बनाउन लघुवित्त क्षेत्रले विशेष भूमिका खेल्नुपर्छ ।’ सङ्घका अध्यक्ष रामचन्द्र जोशीले बढी खर्च लाग्ने हुनाले दुर्गम ठाउँमा सेवा विस्तार गर्न नसकेको औंल्याए । उनले १४ दशमलव ५ प्रतिशत ब्याजमा पैसा लिएर १८ प्रतिशत ब्याजमा कर्जा दिँदा संस्था नै घाटामा जाने बताए । तसर्थ, यस्ता विषयमा केन्द्रित रहेर वित्तीय पहुँचलाई गाउँसम्म पु¥याउन सम्बन्धित निकायसँग बहस गर्नुपर्ने उनको भनाइ थियो । उनले लगनको महीनामा विवाह गर्नका लागि बढी कर्जा वितरण हुने गरेको बताए । उत्पादनशील क्षेत्रमा लगानी हुन नसकेको बताउँदै उनले वित्तीय साक्षरता बढाउन विशेष कार्यक्रम ल्याउन आग्रह गरे । मङ्गलवार समापन हुने उक्त गोष्ठीमा विभिन्न चरणमा गरेर वित्तीय क्षेत्रका विविध विषयमा छलफल हुने आयोजकले बताएको छ । नेपालमा विगत २५ वर्षदेखि लघुवित्त सेवा सञ्चालनमा रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)