ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वेतपत्र ल्याउने तयारीमा ७ नम्बर प्रदेश

Mar 29, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

चैत १५, धनगढी । प्रदेश नं. ७ को आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वेतपत्र सार्वजनिक गर्ने तयारी गरको छ । चैत २० गतेभित्र स्वेतपत्र सार्वजनिक गर्ने तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले जानकारी गराए ।

प्रदेशको आर्थिक अवस्था प्रष्टसँग झल्किने गरी स्वेतपत्र जारी गर्न लागेको उनले बताए । यसका लागि मन्त्रालयले सम्बन्धित निकायहरुसँग समन्वय गरेर तथ्याङ्क सङ्कलनको काम गर्दै आएको उनको भनाइ छ । स्वेतपत्र निस्कान गर्नुपूर्व मन्त्रालयले राष्ट्र बैङ्क, वन, कृषि कार्यालय, तथ्याङ्क विभाग, शिक्षा, स्वास्थ्य, सिँचाई, पत्रकार महासङ्घ शाखा कार्यालय कैलाली, आर्थिक अभियान राष्ट्रिय दैनिक, सहरी विकासलगायत आर्थिक विषयसँग सम्बन्धित निकायहरुसँग तथ्यङ्कसहित आवश्यक सुझावका लागि छलफल समेत गरिसकेको छ ।

स्वेतपत्र जारी भएपछि चालू आवको असार मसान्तसम्मका लागि ल्याउन लागेको बजेटका साथै आगामी आर्थिक वर्षको बजेटमा सोहिअनुरुप नीति र कार्यक्रम समावेश गर्न सजिलो हुने मन्त्रालयको अपेक्षा छ । तीन महीनाका लागि ल्याउन लागिएको बजेटसँगै असार मसान्तमा ल्याइने अर्को बजेटका लागि पनि सँगसँगै काम भइरहेको मन्त्री बोहराले जानकारी दिए ।

७ नं. प्रदेशमा १० लाख गरिबीको रेखामुनि, साक्षरता ६३ प्रतिशत, ४० वर्ष नपुग्दै मृत्यु हुनेदर ९ दशमलव ५ प्रतिशत, ५ वर्षमुनिका बालबालिकामा कुपोषण दर ४६ दशमलव ४ प्रतिशत छ । त्यस्तै ७ नं. प्रदेशको गरिबी सुचाङ्क ३४ दशमलव ८ प्रतिशत, बेरोजगारी ४२ प्रतिशत, मानव विकास सुचाङ्क शून्य दशमलव ४३५ तथा वार्षिक प्रतिव्यक्ति आय ३४ हजार दुईसय ८७ रुपैयाँ (अन्य प्रदेशभन्दा निकै कम) रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)