ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डीभी पर्नेमा नेपाल विश्वमै ११औं

Mar 30, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । हरेक वर्ष हामीमध्ये धेरैले अमेरिका जान इलेक्ट्रोनिक डाइभर्सिटी भिषा अर्थात् ई–डीभी भर्दै आएका छौं । वर्षेनि भर्दासमेत कतिलाई डीभी चिट्ठा कहिल्यै परेन होला । तर, अहिलेसम्म ३१ हजारभन्दा बढी नेपाली यही भिषा कार्यक्रममार्फत अमेरिका पुगेको अमेरिकी गृह मन्त्रालयले जारी गरेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार सन् १९९५ देखि सन् २०१६ को अवधिमा ३१ हजार २ सय ६७ नेपाली ई–डीभीमार्फत अमेरिका पुगेका हुन् । त्यसमध्ये पनि आधाले भने सन् २०१२ देखि सन् २०१६ को बीचमा भिषा प्राप्त गरेका हुन् । सो अवधिमा १५ हजार ७ सय १९ जनालाई ई–डीभी परेको हो । धेरै डीभी पर्ने देशको सूचिमा नेपाल विश्वमै ११ औं राष्ट्र हो । डीभी खुलेको शुरूका समय सन् १९९८ देखि सन् २००२ सम्म जम्माजम्मी ८ सय ४९ जनालाई डीभी परेको थियो । तथ्याङ्कअनुसार सन् २०१५ मा नेपाल सबैभन्दा धेरै ई–डीभी पर्ने देश बन्यो । सो वर्ष ३ हजार ४ सय ७१ नेपालीलाई सो चिट्ठा परेको थियो । त्यस्तै गरी, सन् २०१६ मा विश्वमै दोस्रो स्थानमा रहेको नेपालबाट ३ हजार २ सय ४२ जनालाई डीभी परेको तथ्याङ्क छ । धेरै डिभि पर्नेमा इथोपिया अगाडि ई–डीभीमार्फत सन् १९९५ देखि सन् २०१६ को अवधिमा सबैभन्दा धेरै इथोपियालीहरु अमेरिका पुगेका छन् । सन् १९९५ मा ३ हजार ८८ जना इथोपियालीलाई डिभि परेको थियो भने सन् २०१६ मा यो दर ३ हजार ४ सय ७६ थियो । विगत २२ वर्षमा इथोपियाबाट ६५ हजार २ सय २४ जना यही भिषा कार्यक्रम मार्फत अमेरिका पुगेको तथ्याङ्क छ । सबैभन्दा धेरै डीभी पर्ने देशको सूचिमा नाइजेरिया दोस्रो स्थानमा छ । सन् १९९५ देखि सन् २०१६ सम्ममा ५८ हजार ५ सय ४८ नाइजेरियालीहरु डीभीमार्फत अमेरिका पुगेका छन् । यो सूचिको शीर्ष तीनदेखि १० स्थानभित्र इजिप्ट, युक्रेन, अल्बानिया, बङ्गलादेश, घाना, बुल्गेरिया, उज्बेकिस्तान, मोरक्को रहेका छन् । तथ्याङ्कअनुसार सन् २०१६ को सेप्टेम्बर ३० सम्मको २२ वर्षमा अमेरिकाले डीभी कार्यक्रमबाट कुल १० लाख ४० हजार २ सय ६४ जनालाई अमेरिका भित्र्याएको छ । किन ३ हजार ५ सयभन्दा कम ? अमेरिकाले हरेक वर्ष करीब ५० हजार हाराहारीमा डीभीमार्फत विदेशी नागरिकलाई भिषा दिने गरेको छ । त्यसमध्ये हरेक देशबाट कुल सङ्ख्याको अधिकतम ७ प्रतिशतलाई मात्रै सो भिषा दिइने नियम भएकाले एउटा देशबाट ३ हजार ५ सयभन्दा बढी छानिन सक्दैनन् । डीभी कार्यक्रमको शुरुमा एक वर्षमा ५५ हजारलाई यस्तो भिषा दिइन्थ्यो । तर सन् १९९९ मा डीभीको ५ हजार कोटा नाक्राको लागि छुट्टयाउन थालिएपछि यो सङ्ख्या ५० हजारमा आएको थियो । बढी नेपाली पर्नुको कारण के हो ? पछिल्ला वर्षहरूमा ई–डीभीप्रति नेपालीको आकर्षण निकै बढेको छ । राजनीतिक अस्थिरता, रोजगारीको अभाव र अमेरिकाकै नागरिक भएर सधैं उतै बस्न पाइने लोभले पनि डीभीप्रतिको मोह बढ्दो छ । नेपालीको शैक्षिक स्तरमा आएको सुधार र अङ्ग्रेजी भाषाको ज्ञानले पनि यसमा टेवा दिएको हो । शुरुआती वर्षमा नेपालीहरुमा ई–डीभी सम्बन्धी जानकारी धेरै थिएन । त्यसैले शुरुआती वर्षमा डीभी भर्नेको सङ्ख्या तुलनाात्मक रुपमा थोरै हुँदा वार्षिक औसत १ सयले मात्रै भिषा पाएका थिए । (शुक्रवार बिहान ९ः२९ मा पहिलोपटक प्रकाशित, शुक्रवार ११ः५० मा अद्यावधिक गरिएको)
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)