ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन मन्त्रीको सय दिने कार्ययोजनाः १६ क्षेत्रमा ११० काम गर्ने प्रतिवद्धता

Mar 30, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत १६, काडमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सय दिनको अवधिमा विभिन्न १६ ओटा क्षेत्रमा १ सय १० ओटा काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयले सय दिनको अवधिमा गर्ने कामबारे जानकारी दिन शुक्रवार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले १६ बुँदे कार्ययोजना सहितको प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएका प्रतिवद्धताहरुमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुधारदेखि पर्यटन प्रवर्द्धन, हवाई उड्डयन सुरक्षा सुदृढीकरण र हवाई उद्योग व्यवस्थापन, राष्ट्रिय गौरवका आयोजनाहरुको काम प्रभावकारी बनाउनेलगायत रहेका छन् । उनले यी प्रतिवद्धता लहडमा ल्याएको नभई मन्त्रालय मातहतका निकायसँग भएको छलफलका आधारमा ल्याइएको बताए । ‘मन्त्रीको हैसियतले यो मरो स्वामित्वको कुरा होला, तर यसमा सबै स्टेकहोल्डरहरुको प्रतिवद्धता समटिएको छ,’ उनले भने, ‘त्यसैले यी कुराहरु सय दिनमा पुरा गरिने छ, आउने सय दिनमा आज व्यक्त गरिएका प्रतिवद्धताको प्रगति लिएर फेरि हामी यहाँहरु माझ आउने छौँ ।’

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान चापलाई कम गर्न हाल दैनिक १७ घण्टा सञ्चालन हुँदै आएको विमानस्थललाई अब दैनिक २१ घण्टा सञ्चालन गर्नेगरी काम अगाडी बढाइएको मन्त्री अधिकारीले बताए । आन्तरिक उडानको लागि क्षेत्रीय विमानस्थल प्रयोग गर्ने तथा काभ्रेको ठूली चौर विमानस्थल निर्माणका विषयमा समेत अध्ययन गरिने मन्त्री अधिकारीको भनाइ छ । उनले हरेक कामको जिम्मेवारी ताकेर कार्ययोजना बनाएकाले यी कामहरु समयमै पुरा हुने र यसले मन्त्रालयले बनाउने अन्य अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना निर्माणमा समेत सहयोग पुग्ने धारणा राखे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)