ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयोजनाको गुणस्तर परीक्षण गर्दै अख्तियार

Apr 3, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब विकास आयोजनामा प्रयोग भएका छड, सिमेण्ट, डण्डीलगायतका सामग्रीको गुणस्तर परीक्षण आफै गर्ने भएको छ । यसका लागि शुरूमा हलेसी—दिक्तेल मार्गमा प्रयोग भएका यस्ता सामग्रीको गुणस्तर परीक्षण गर्न नमूना सङ्कलन गरिसकेको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए । मैनालीले पुलमा प्रयोग भएको पिल्लरलाई नफुटाएर पनि डण्डी र सिमेण्टको परीक्षण गर्न सकिने जानकारी दिए । उनले सडकमा प्रयोग भएका सामग्रीको बारेमा भने अलिकति फुटाई नमूना ल्याउन सकिने बताए । विकास आयोजनामा प्रयोग भएका सामग्रीहरू अत्यन्त गुणस्तरहीन भएका भनी अख्तियारमा उल्लेख्य मात्रामा उजुरी पर्ने गरेका छन् । त्यस्ता उजुरीबारे छानबिन गर्न पनि सामग्रीको गुणस्तरबारे आफै अनुसन्धान गर्दा भरपर्दो हुने देखिएकाले अख्तियार यसतर्फ अग्रसर भएको बताइएको छ । अख्तियारको प्रमुख कार्य भ्रष्टाचारको बारेमा अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गर्ने हो । छड, डण्डी तथा सिमेण्टको गुणस्तरको बारेमा छानबिन गर्ने गरी अख्तियारलाई कानूनतः अधिकार नभए पनि यसले कुनै फरक नपर्ने अख्तियारका अनुसन्धान अधिकृतहरूको भनाइ छ । मैनालीले भने, ‘हामीले सम्बन्धित इञ्जिनीयरबाटै अनुसन्धान गर्ने भएकाले अदालतले मान्यता दिन्छ । यदि नदिने हो भने अर्को कुनै आधिकारिक निकायले हामीले गरेकोलाई अमिल्दो भनी अर्को पेश गर्नुपर्छ ।’ यसैबीच अख्तियारले खाँदबारी नगरपालिकाका लेखा अधिकृत नवीनकुमार श्रेष्ठलाई भ्रष्टाचार गरेको आरोपमा सोमवार पक्राउ गरेको छ । थप अनुसन्धान गर्न अख्तियारले श्रेष्ठलाई केन्द्रीय कार्यालय, काठमाडौंमा ल्याएको छ । श्रेष्ठलाई थुनामा राख्न अनुमति लिनका लागि मङ्गलवार विशेष अदालत लैजाने भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)