ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वन मासेकोमा जिल्ला वन अधिकृतलगायतलाई ६ महीना कैद

Apr 3, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई

चैत २०, काठमाडौं । वन मासी हानी नोक्सानी गरेको आरोप लागेका जिल्ला वन अधिकृत शेखरकुमार यादवलगायतलाई विशेष अदालतले ६ महीना कैद गरी जनही १ लाख ७० हजार ५ सय १४ रुपैयाँ ५० पैसा जरिवाना गर्ने फैसला गरेको छ ।

सो अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्य चण्डीराज ढकालको इजलासले कार्कीलगायत उपसचिव (प्राविधिक) र सहायक वन अधिकृत सत्यनारायण यादवलाई पनि सोही बमोजिम कैद र जरिवाना हुने फैसला गरेको सो अदालतका प्रवक्ता नगेन्द्रप्रसाद पोखरेलले आर्थिक अभियानलाई जानकारी दिए ।

वन मासी राज्यलाई हानी नोक्सानी पु¥याएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले अन्य १९ जनामाथि लागेको आरोप पुष्टि हुन नसकेको उल्लेख गर्दै उनीहरुलाई सफाई दिएको छ । सफाई पाउनेहरुमा वनका कर्मचारीहरु विपिनचन्द्र सिंह, शत्रुघन ठाकुरलगायतका छन् ।

अख्तियारले वन मासी राज्यलाई ठूलो मात्रामा हानी नोक्सानी पु¥याएको आरोप लगाई प्रतिवादी बनाइएका मध्ये केहीसँग एक करोड २ लाख ९७ हजार ८ सय ४५ रुपैयाँ ७५ पैसा बिगो कायम गरी मुद्दा दायर गरेको थियो । उनीहरुले सर्लाही जिल्लास्थित ब्रम्हस्थान सामुदायिक वन उपभोक्ता समितिको वन मासी राज्यलाई हानी नोक्सानी गराएको आरोप लागेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)