ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘उताबाट भरिएर आएको रेल यताबाट रित्तो जानु भएन, के भरेर पठाउने हो व्यवसायीले सोच्नुस’ : ओली

Apr 11, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
चैत २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ३ वर्षभित्र विकासशील देशमा स्तरोन्नति गर्ने बताएका छन् । नेपालले दिगो विकास लक्ष्य प्राप्त गर्ने दिशामा काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले हेर्दा महŒवाकाङ्क्षी लागे पनि त्यो लक्ष्य प्राप्त गरिने दृढता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५२औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०७४ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले धनी भएर विकास गर्ने नभई विकास गरेर धनी बन्ने अवधारणाअनुरूप विकासका लागि अग्रसर रहन उद्योगी व्यवसायीलाई आग्रहसमेत गरे । उनले भने, ‘गन्तव्य टाढा होला तर हामीसँग नयाँ सङ्कल्पका साथ अगाडि बढ्नुको विकल्प छैन ।’ प्रधानमन्त्री ओलीले नेपाल लामो समयसम्म राजनीतिक सङ्क्रमण, आन्तरिक र बाह्य प्रयोग तथा षड्यन्त्रको शिकार भए पनि राजनीतिक मुद्दाको निरूपण भएकाले सबै मिलेर देशको समृद्धिमा लाग्नु नै अहिलेको एक मात्र एजेण्डा भएको बताए । आफूले विकासका कुरा गर्दा धेरैले ठट्टा गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै ओलीले भने, ‘नेपालमा रेल त आउँछ नै । त्यसमा शङ्कै छैन तर मुख्य कुरा उताबाट रेल आउँदा भरिएको र यताबाट जाँदा रित्तो हुनुभएन । मेरो त भर्ने कुरा केही छैन । त्यसमा के भर्ने हो उद्योगी व्यवसायीले सोच्नुप¥यो ।’ नेपाललाई आफूले ‘ल्याण्डलक’ नभई ‘ल्याण्ड लिङ्क्ड कण्ट्री’ भन्ने गरेको उल्लेख गर्दै ओलीले अब नेपालमा रेल मात्र होइन, गण्डकी, कोशी, कर्णालीबाट नेपाल गङ्गासागरमा जोडिने र त्यसबाट नेपालको समुद्रसम्म पहुँच विस्तार हुने बताए । हालैको भारत भ्रमणमा यी विषयका साथै नेपालको व्यापारघाटा कम गर्ने, विद्युत् आदानप्रदानका लागि इनर्जी बैङ्कलगायत विषयमा पनि भारतीय प्रधानमन्त्रीसँग कुरा भएको उनले जानकारी दिए । उनले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र, राजनीतिक स्थायित्व, विविधताको संरक्षण तथा आर्थिक विकास र समृद्धि यी पाँच कुरा वर्तमान सरकारको प्राथमिकताको विषय भएको बताए । विकासका लागि निजीक्षेत्रलाई वर्तमान सरकारको सधैं साथ र सहयोग रहने उनको धारणा थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले निर्वाचनपछि केही आशाका सङ्केत देखिए पनि लगानीको वातावरण उत्साहजनक बन्न नसकेको बताइन् । उनले अर्थतन्त्रमा दीर्घकालीन संरचनात्मक समस्या र कमजोरी धेरै रहेको बताउँदै ती चुनौतीलाई चिर्दै मुलुकलाई समृद्धिको अभियानमा अगाडि बढाउन सरकारले ठोस कदम चाल्नुपर्ने धारणा राखिन् । अध्यक्ष राणाले करीब ७ सय अर्ब व्यापारघाटा पुग्नुले समग्र अर्थतन्त्रको चित्र सन्तोषजनक नभएको बताइन् । उनले ब्याजदरमा सुनिश्चितता हुनुपर्ने बताउँदै विसं. २०७५–२०८५ को अवधिलाई ‘समृद्धि अभियान दशक’को रूपमा घोषणा गर्न माग गरिन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ५ दशकभन्दा बढी अवधिको यात्रामा महासङ्घले उद्योग व्यवसाय एवम् लगानी प्रवद्र्धनको माध्यमबाट देशको आर्थिक विकासमा योगदान पु¥याउने कार्यमा पहल गरेको उल्लेख गर्दै आर्थिक एजेण्डालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे । कार्यक्रममा विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका शाखालाई सम्मान गरिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)