ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सदरमुकामबाट गाउँपालिका गएनन् वित्तिय संस्था

Apr 17, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख ४, म्याग्दी । म्याग्दीका दूई स्थानीय तहमा अझैपनि वित्तिय पहुँच पुग्न नसक्दा दैनिक कार्यसम्पादनमा समस्या उत्पन्न भएको छ । वैशाखमा सम्पन्न निर्वाचनपछि जनप्रतिनिधी चुनिएर आएपनि कारोबारका लागि बैङ्क तथा वित्तिय संस्थाहरु नहुँदा सदरमुकाम बेनी झर्नुपर्ने बाध्यता हट्न सकेको छैन ।

म्याग्दीको ६ स्थानीय तहमध्ये दुई गाउँपालिकामा अझै वित्तिय संस्थाको पहुँच पुग्न सकेको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ, मङ्गलाको बाबियाचौर, बेनी नगरपालिकाको बेनी र अन्नपूर्णको पोखरेबगरमा हालै मात्र गरिमा विकास बैङ्कले शाखा विस्तार गरेपनि अन्य दुर्गम मानिएको धवलागिरि र रघुगङ्गा गाउँपालिकामा वित्तिय संस्थाको पहुँच पुग्न नसकेको हो ।

जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र मानिने गुर्जा, लुलाङ, मुदी, मुना, ताकम र मल्कबाङ क्षेत्रलाई समावेश गरेर बनाईएका धवलागिरिमा वित्तिय संस्थाको नहुँदा सामान्य कामका लागि पनि सर्वसाधारणहरु बेनी वा दरवाङ झर्नुपर्ने बाध्यता रहेको छ । धवलागिरि गाउँपालिकाका उपपप्रमुख रेशम छन्त्यालले स्थानीय तहपछि सिँहदरबारको अधिकार गाउँ पुगेको चर्चा गरेपनि दुई÷चार हजार रुपैयाँका लागि दुईदिन लगाएर बेनी झर्नुपर्ने बाध्यताका कारण सर्वसाधारणहरु आक्रोशित बन्नेको गरेको बताए ।

धवलागिरि गाउँपालिकाको केन्द्रदेखि अधिकांश बस्तीमा सञ्चारको पहुँच समेत नहुँदा कार्यालयलाई कार्यसम्पादन गर्न निकै समस्या भइरहेको छ । राखु, भगवति, पाखापानी, झिँ, दग्नाम, चिमखोला र कुईनेमङ्गले गाविस समेटेर बनाईएको रघुगङ्गा गाउँपालिकाको चिमखोला र कुईनमँगलेमा सञ्चार सुविधाको भरपर्दो व्यवस्था छैन ।

कारोबारका लागि प्रभु बैङ्कले शाखा विस्तारकोे तयारी गरेपनि ढिला हुँदा कार्यालयकै कर्मचारीको तलबभत्ता र उपभोक्ता समितिलाई बेनीस्थित नेपाल बैङ्कबाट भुक्तानी गरिँदै आएको गाउँपालिका प्रमुख भवबहादुर भण्डारीको भनाई छ । वित्तिय पहुँच नहुँदा यी दुई गाउँपालिकाले बेनीमै सम्पर्क कार्यालय खोलेर कार्यसम्पादन गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैङ्कले स्थानीय तह अस्तित्वमा आए लगत्तै सबै वित्तिय संस्थालाई कुन ठाउँमा कुन बैङ्क पुग्ने भनेर जिम्मेवारी दिईएपनि म्याग्दीमा त्यसको पालना हुन सकेको छैन । राष्ट्र बैङ्कका अनुसार, भएका ७ सय ५३ स्थानीय तहमध्ये ३ सय ३१ मा वाणिज्य बैङ्कको पहुँच पुगेको छ । बाँकी ४ सय २२ स्थानीय तहमा वाणिज्य बैङ्क पुगेका छैनन् । म्याग्दीका सबै तहमा शाखा खोल्ने जिम्मा पाएको प्रभु बैङ्कले आवश्यक प्रक्रिया अघि बढेको बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)