ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीन सरकारले अनुदानमा दिएका दुई विमान नेपाल सरकारलाई हस्तान्तरण

Apr 17, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख ४, काठमाडौं । चीनबाट ल्याइएका दु्ई ओटा वाई १२ जहाज औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणसँग उडान अनुमति लिनुका साथै भन्सार प्रक्रिया पूरा गरी मङ्गलवार औपचारिक कार्यक्रमका बीच ती दुई जहाज हस्तान्तरण गरिएको हो । दुबै जहाज गत फेब्रुअरी १३ मा नेपाल ल्याइएको थियो ।

संस्कृती पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत यु होङ्गको उपस्थितिमा सिभिक एभियशन चाइनाका अध्यक्ष लि वाङ्गले नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई उक्त जहाज हस्तान्तरण गरेका हुन् । जहाज हस्तान्तरण कार्यक्रममा पर्यटन मन्त्री रविन्द्र अधिकारीले चीनबाट ल्याएका सबै जहाज सय दिन भित्र उडाउन निगमलाई निर्देशन दिएका छन् । ‘चीनसँगको सम्झौता अनुसार सबै जहाज आइसकेका छन्, अब विलम्ब नगरी सबै जहाज उडाउनुपर्छ ।’ २०६९ सालमा नेपाल र चीन सरकारबीच ६ ओटा जहाज ल्याउने सहमति अनुरुप ६ ओटै जहाज नेपाल आएका छन् । ६ जहाजमध्ये दुई ओटा एमए–६० र चार ओटा वाई–१२ थिए । त्यसमा दुई ओटा अनुदान र चार ओटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो ।

सहमति अनुसार नेपाल वायुसेवा निगमले २०७१ साल वैशाखमा पहिलो एमए–६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई–१२ ल्याएको थियो । पहिलो पटक ल्याइएका दुबै जहाज अनुदानका थिए । यस्तै एमए–६० र वाई–१२, दुई जहाज २०७३ सालमा ल्याइएको थियो ।

निगमसँग अब आन्तरिक उडानका लागि दुई एमए–६०, चार वाई–१२ र दुई ओटा ट्विनअटर गरी ८ ओटा जहाज छन् । अहिले निगमको एक ट्विनअटर र एउटा एम–६० ले मात्र नियमति उडान गरिरहेका छन् । एउटा ट्विनअटर मर्मतको लागि ह्याङगरमा राखिएको छभने अन्य चिनियाँ जहाज पाइटलको प्रतिक्षामा छन् । वाई–१२ जहाज उडाउन निगमले अङ्ग्रेजी भाषा जानेका तीन चिनियाँ पाइलट ल्याउने भएको छ । चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको निगमले जानकारी दिएको छ । पाइटल ल्याउने प्रक्रिया शुरु गरिसकिएको निगमको धारणा छ । चार ओटा वाई–१२ सिरिजका जहाज उडाउन निगमसँग दुई जना मात्रै पाइलट छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)