ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यार्सागुम्बा निकासी कर प्रतिकेजी ५ हजार

Apr 21, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख ८, म्याग्दी । बहुमूल्य जडिबुटी यार्सागुम्बा निकासीमा म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिकाले प्रतिकेजी ५ हजार निकासी कर लगाउन शुरु गरेको छ । सरकारले एक किलो यार्सागुम्बा खरीदका लागि २५ हजार रुपैयाँ राजश्व तिर्नुपर्ने कानूनी व्यवस्था गरेकोमा गाउँपालिकाको निकासी कर समेत थप हुने भएको छ । यार्साको बजार मूल्य न्युनतम ३ लाखभन्दा माथि रहेको व्यापारीहरु बताउँछन् ।

गाउँपालिकाको सभाले चालू आर्थिक वर्षबाटै लागू हुनेगरी उक्त दरको निकासी कर लगाउन शुरु गरेको हो । गाउँपालिकाको सभाबाट आर्थिक सहित विभिन्न विधेयक पारितसँगै करको दायरालाई समेत विस्तार गरिएको प्रवक्ता झक बहादुर छन्त्यालले बताए । अवैध निकासीलाई रोक्ने तयारी गरिएको बताउँदै उनले भने, ‘यार्साको आम्दानीले आन्तरिक स्रोत समेत व्यवस्थापन गर्न सजिलो हुन्छ । आधा जीव र आधा वनस्पतिको अस्तित्वमा रहने शक्तिवद्र्धक बहुमूल्य जडीबुटी यार्सागुम्बा गुर्जा र मुदीका हिमाली क्षेत्रमा सङ्कलन गरिन्छ । यसअगाडी जिल्ला वन कार्यालयबाट सङ्कलन र निकासी पुर्जीबाट राजश्व तिर्ने गरिएको थियो । पछिल्ला केहीवर्ष यता स्थानीय तहमै यार्सागुम्बा सङ्कलन गरिनु, गुणस्तर कम हुनु, बजार मूल्यमा गिरावट, जलवायु परिवर्तनको असर, समयमा हिउँ नपर्नु र लोप हुँदै जान थालेपछि यार्सागुम्बा सङ्कलनमा कमी आउने गरेको छ ।

नेपाल सरकारले २०६७ सालदेखि अनुमति दिएपछि जिल्लाको गूर्जा, मुदी, लुलाङ, चिमखोला, कुईनेमङ्गलेलगायतका उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्ने गरिएको छ । हिमाली क्षेत्रमा पाइने विभिन्न जडिबुटीमध्ये यार्सागुम्बा निकै महत्वपूर्ण र सबैको रोजाइमा पर्ने गरेको छ । यसवर्ष मुदीबाट यार्सा खोज्न हिमालतिर गएका स्थानीयले पर्याप्त यार्सा नपाएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।

अनुकूल मौसममा हिमाली क्षेत्रका बासिन्दाले डेढ महीनासम्म यार्सा सङ्कलन गर्ने गर्दछन् ।

एक किलो यार्सामा ३५ सयदेखि ४ हजारसम्म बुटी हुने गर्दछ । नेपाली बजारमा खपत हुने अधिकांश यार्सा भने अवैध रुपमा चोरी निकासी हुने गरेको छ । हिमाली क्षेत्रका बासिन्दाका लागि यार्सागुम्बा जडीबुटीहरुमध्ये प्रमुख आयस्रोत मानिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)