ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिला कसैले पत्याउँदैनथे, अहिले सबैले आशा गर्छन्ः चौधरी

Apr 21, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

वैशाख ८, वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का अगुवा कृषक जयलाल चौधरी अहिले वार्षिक ६ लाख आम्दानी गर्छन् । विगतमा ज्याला मजदुरीबाट जीविकोपार्जन गर्ने चौधरी अहिले व्यावसायिक कृषक बनेका छन् ।

वीरेन्द्रनगर–९ पर्सेनीमा आफ्नो डेढ कठ्ठा जमिन भएका चौधरीले ३० कठ्ठा जमिन भाडामा लिएर तरकारी खेति गरिरहेका छन् । बजारबाट नजिकै रहेको गाउँमा उत्पादन भएको तरकारी विक्रीका लागि समेत समस्या नहुने देखेपछि ज्याला मजदुरी छोडेर व्यावसायिक तरकारी खेतिमा लागेको उनी बताउँछन् । तरकारी खेति थालेपछि गरिबी निवारण कोषको सहयोगमा गठित सगरमाथा सामुदायिक संस्थाको समेत सहयोग पाएर यसतर्फ अझै उत्साहित भएका चौधरी अहिले मौसमी तथा बेमौसमी तरकारी खति गर्न अब्बल छन् ।

‘पहिला पैसा चाहिएको बेला कसैले पत्याउदैनथे, अहिले सबैले आशा गर्छन्,’ उनले भने, ‘अप्ठ्यारो पर्दा छरछिमेकलाई सहयोग गर्छु, सबैको विश्वास जितेको छु ।’ आफ्नो सफलताको श्रेय श्रीमतीलाई दिँदै उनी भन्छन्, ‘तरकारी खेति गरेर अहिलेको अवस्थामा आइपुग्न श्रीमतीको ठुलो सहयोग छ, श्रीमतीको सहयोग नपाएको भए यति धेरै गर्न सक्दैनथे होला ।’ बेमौसमी तरकारी खेति गर्न गरिबी निवारण कोषले समेत सहयोग गर्दे आएको उनले बताए । सामुदायिक संस्थामा आवद्ध भएपछि तरकारी विक्रीमा थप बल पुगेको उनको भनाइ छ ।

स्वदेशमै स्वरोजगारका अवसर प्रशस्त रहेको बताउने चौधरी तरकारी खेतिलाई व्यावसायिक रुपमा अझ विस्तार गर्न सरकारले नयाँ नयाँ प्रविधिमा सुविधा, सस्तो ऋण र अनुदानको व्यवस्था गरी नयाँ किसानहरुलाई प्रोत्साहन गर्दै यसतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिन्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)