ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय पक्षले बाँध निर्माण गरेपछि स्थानीय चिन्तित, रौतहट फेरि डुबानको खतरामा

Apr 22, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

वैशाख ९, रौतहट । रौतहटको दशगाजा क्षेत्रमा भारतीय पक्षले फेरि बाँध निर्माण गरेपछि सिमा क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । भारतीय बाँधकै कारण गत साउन मसान्तमा डुबानमा परेको उक्त क्षेत्रका स्थानीय फेरि डुबानमा परिने चिन्तामा परेका हुन् ।

ईशनाथ नगरपालिकाको वडा नं. १ बञ्जहरा गाउँमा अहिले भारतीय पक्षले धमाधम बाँध निर्माण गरिरहेको छ । दशगजा क्षेत्रमै भारतीय पक्षले एकपक्षीय रुपमा बाँध निर्माण गरेपछि इशनाथ नगरपालिका र गौर नगरपालिकाका बासिन्दा प्रभावित हुने भएका छन् । पानी निकास हुन नपाउँदा गाउँ पुरै डुबानमा पर्ने गरेको स्थानीय भगवान पासवानको भनाई छ । लालबकैया नदीको पानी गाउँमा पस्ने गरेको र पानीको उचित निकास नभएर हरेक वर्ष स्थानीयले डुबानको समस्या झेल्दै आएको अर्का बन्जहरावासी समसुल खानले बताए । विगतका वर्षहरुमा डुबानको समस्या झेल्दै आएका स्थानीयहरु अहिले भारतीय पक्षले पानीको निकास नदिई दशगजा क्षेत्रमा लगाइरहेको स्थायी बाँधका कारण चिन्तित बनेको खानको भनाइ छ ।

अहिले भारतले धमाधम बोरामा माटो हालेर प्लाष्टिकको जालीको सहायताले स्थायी रुपमा निर्माण गरिरहेको छ । गत साउनको बाढीले सिमा क्षेत्रको लक्ष्मीपुर बेलबिछुअवामा बाँध भत्काएको थियो । अहिले सो भत्काएको बाँधमा पनि भारतले दिगो रुपमा बाँध निर्माण गरिरहेको छ ।

यता, गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बाढीले खोलामा भत्काएको बाँध चाँडोभन्दा चाँडो बनाउन आग्रह गरेका छन् । गत साउनमा आएको बाढीले बकैया नदीको देवाही, राजपुरलगायतका स्थानमा बाँध भत्काएको हुँदा सो बाँध चाडोभन्दा चाडो निमार्ण गर्न उनले आग्रह गरेका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)