ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नारच्याङबाट जोडियो अन्नपूर्ण बेसक्याम जाने सबैभन्दा छोटो पदमार्ग

Apr 22, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख ९, म्याग्दी । म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नारच्याङबाट अन्नपूर्ण हिमालको आधार शिविरमा पुग्ने छोटो पदमार्ग सञ्चालनमा आएको छ ।

पदमार्गलाई सडकले विस्थापित गरेपछि अलमलमा परेका पर्यटकलाई लक्षित गरी सेभेन समिट टे«किङ एजेन्सी मार्फत अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट निलगिरी खोलाको किनारै किनारहुँदै तीन दिनमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविरमा पुगिने कम जोखिमपूर्ण पदमार्ग सञ्चालमा ल्याइएको हो ।

विश्वको उत्कृष्ट १० गन्तव्य भित्र पर्ने अन्नपूर्ण पदयात्रामा आउने पर्यटकले प्रयोग गर्ने पदमार्ग विस्थापित भएपछि नयाँ पदमार्गको आवश्यकतालाई मध्यनजर गरी तीन वर्ष अगाडीबाट यो पदमार्ग निर्माणकार्य शुरू गरिएको थियो । पदमार्गको प्रयोग गरी पहिलोपटक अपाङ्ग कोरियाली आरोही, पथप्रर्दशक र भरिया गरी २१ जनाको टोली शिविरमा पुगेको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।

नारच्याङबाट शुरू हुने पदमार्गको पहिलो दिन कालोखोला, दोस्रो दिन फूलबारी, तेस्रो दिन आधार शिविर आसपासमा बास बसेर चौथो दिन आधार शिविरमा पुगिन्छ । त्यस्तै फर्कने बेलामा भरिया र पथप्रर्दशक साढे दुई दिनमै नारच्याङ आउन सक्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयवासीको करीब ६५ लाखको लागतमा निर्माण गरिएको पदमार्गमा होटल तथा लज नहुदाँ आन्तरिक पर्यटकलाई भ्रमणमा समस्या हुने स्थानीयको भनाई छ । पदमार्गमा एक्यापले अस्थायी काठेपुल, टहरा, झोलुङे पुल तथा जोखिमपूर्ण मार्गको मर्मत गरेको छ ।

कोरियाली टोलीमा संलग्न सोलुखुम्बु जिल्लाका तेन्जी शेर्पाका अनुसार अग्ला पहाड हुँदै झर्ने झरना, जङ्गली जनावर, चराचुरुङी, वनस्पति, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण हो । अन्नपूर्ण हिमालमा समथर फाँट निलो तलाउ, तलाउ नजिकै आँखामै ठोकिने अग्ला हिमालमा रमाएर फर्किनेहरुले समेत प्रचारप्रसार गर्ने गरेका छन् ।

विदेशीको रोजाईमा पर्ने अन्नपूर्ण हिमालको आरोहणका लागि मुस्ताङको लेतेबाटसमेत जान सकिन्छ । मुस्ताङबाट आधार क्षेत्रमा पुग्न करीब ५ दिन लाग्छ । त्यस्तै म्याग्दीबाट आधार क्षेत्रमा जाने पर्यटकले नारच्याङ र दानाबाट हेलिकप्टर चार्टर गर्ने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)