ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रीराम सुगर मिलले दिन थाल्यो उखुको भुक्तानी, दैनिक ५० लाख किसानको खातामा

Apr 22, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

वैशाख ९, रौतहट । रौतहटको गरुडा स्थित श्रीराम सुगर मिलले उखु किसानको भुक्तानी दिन शुरु गरेको छ । चैत २७ गतेबाट किसानको बैङ्क खातामा उखुको भुक्तानी दिन शुरु गरेको मिलका उखु प्रबन्धक सियाराम साहले बताए ।

नयाँ तथा पुराना वक्यौता गरी मिलले किसानलाई ५६ करोड रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिँदै अहिले दैनिक ५० लाख रुपैयाँका दरले किसानलाई उखुको भुक्तानी दिएको उनले बताए । हाल उद्योगले प्रतिक्विण्टल ५ सय ३१ रुपैयाँ २० पैसाका दरले भुक्तानी दिएको छ । करीब ५ करोडभन्दा बढी रकम भुक्तानी भैसकेको प्रबन्धक साहले बताए । मिलले यस सिजनमा खरीद गरेको भुक्तानी दिईरहेको र असार मसान्तसम्म भुक्तानी दिईसक्ने उनको भनाई छ । त्यसपछि पुरानो बक्यौता १६ करोड रुपैयाँ रकम भुक्तानी दिने उनले जानकारी दिए ।

मिलले ५१ करोड रुपैयाँ बराबरको उखु खरीद गरेको र यसअघि नै ११ करोड रुपैयाँ भुक्तानी दिईसकेको मिलले जानकारी दिएको छ । श्रीराम सुगर मिलले चैत ३ गतेसम्म ९ लाख ७९ हजार ६ सय ११ क्विन्टल उखु क्रसिङ्ग गरेर बन्द भएको छ । यसअघि किसान सङ्घका पदाधिकारीहरुसँग भएको सहमतिअनुसार उखुको भुक्तानी भएको हो ।

यसअघि तत्काल उखुको भुक्तानी दिन माग गर्दै उखु उत्पादक सङ्घ रौतहटले श्रीराम सुगर मिलका सञ्चालकसँग आग्रह गरेको थियो । रौतहट उखु खेतिका लागि पकेट क्षेत्र मानिन्छ । रौतहटमा यो सिजनमा ७ हजार बिगाहमा उखु खेति भएको छ । मिल बन्द भएपछि किसानले सख्खर उधोग (खाँडसरी)मा उखु दिने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)