वैशाख १३, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७४/७५को अन्तिम तीन महीनाको बजेट प्रस्तुत गरेको छ । बुधवार बसेको संसद बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एक अर्व २ करोड ५ लाख रुपैयाँ बजेट संसदमा प्रस्तुत गरेका हुन् । सरकारको सञ्चित कोष लगायतमा भएको रकममा चालू खर्च तर्फ ४३ करोड ८४ लाख ३ हजार (४२ दशमलव ९५ प्रतिशत), पूँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार (५७ दशमलव ०५ प्रतिशत) विनियोजन गरिएको छ ।
प्रदेशको विकास र समृद्धिका लागि कृषि, सिञ्चाइ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, साना तथा घरेलु उद्योग, निजी क्षेत्रको विकास, सूचना प्रविधिको विकास, सामाजिक पूँजीको परिचालन, रोजगारी सृजना जस्ता बिषयलाई बजेटमा समावेश गरिएको छ । प्रदेशलाई आत्मनिर्भर बनाउने उद्देश्यले बजेट ल्याएको अर्थमन्त्रीको भनाई छ ।
केन्द्रीय बजेटमा समावेश हुने ‘आफ्नो गाउँ, आफैं बनाऔँ’, नारा प्रदेश सरकारले पनि सापट लिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश संसदमा प्रस्तुत गरेको बजेटको पूर्णपाठः