ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक उडानका लागि त्रिभुवन विमानस्थलको विकल्प खोजिँदै : धुलिखेलको पात्लेखेत या बनेपाको नागीडाँडा ?

Apr 29, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा हवाई चाप बढेपछि आन्तरिक उडानलाई यहाँबाट अन्यत्र सार्न मन्त्रालयले विकल्प खोज्न थालेको छ । तत्काललाई आन्तरिक उडानका लागि क्षेत्रीय विमानस्थल प्रयोग गर्ने र उपत्यकानजीकै जमीनको व्यवस्था गरी नयाँ विमानस्थल निर्माण गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण लागेको छ । हरेक नयाँ सरकारका पर्यटनमन्त्रीले त्रिभुवन विमानस्थलको हवाई चाप घटाउन उपत्यकानजीकै अर्को आन्तरिक विमानस्थलको कुरा गर्ने र नेपाल नागरिक उड्ययन प्राधिकरणले पनि सधैं यसबारे चर्चा गरे पनि आन्तरिक विमानस्थल निर्माणको लागि भरपर्दो विकल्प भने अझैसम्म छनोट भएको छैन । यद्यपि, प्राधिकरणले यसअघि नै काभ्रेको धुलिखेल नगरपालिकाको ठूलीचौरमा अध्ययन गरे पनि स्थानीय बासिन्दाको विरोध र नगरपालिकासमेत सकारात्मक नदेखिएपछि सो परियोजना अघि बढ्न नसकेको प्राधिकरणले बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार गठन भएको सय दिनमा गरिने कामको विवरणमा त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानलाई स्थानान्तरण गर्न सम्भाव्यता भएको काभ्रेको ठूलीचौरका साथै अन्य सम्भाव्य स्थानबाट पनि सञ्चालनको विकल्पको अध्ययन गर्ने बताएका थिए । मन्त्री अधिकारीले सय दिनभित्रै विकल्पका बारेमा रिपोर्ट ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । वैशाख १३ गते मन्त्रालयमा भएको समीक्षा कार्यक्रममा समेत मन्त्री अधिकारीले यस विषयलाई गम्भीरताको साथ लिएर तत्काल प्राविधिक टोली लिएर सम्भावित स्थलको अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिए । ठूलीचौरको साटो पात्लेखेत या नागीडाँडा विकल्प प्राधिकरणले काभ्रेको ठूलीचौरमा आन्तरिक विमानस्थलको सम्भाव्यता रहेको बताए पनि स्थानीयको विरोध भएपछि बनेपाको नागीडाँडामा सम्भाव्यता अध्ययन भइरहेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जुले ठूलीचौर धुलिखेलको नजीकै रहेकोले यसले शहरको ऐतिहासिक महŒवलाई समस्या पर्ने भएकोले आपूmहरूले विकल्पको रूपमा धुलिखेलकै वडा नम्बर ११ र १२ को बीचमा रहेको पात्लेखेतमा जग्गा उपलब्ध गराउन सहमत भएको जानकारी दिए । उनले भने, ‘नागीडाँडाका बारेमा हामीलाई थाहा छैन ।’ यसअघि आनन्द पोखरेल पर्यटनमन्त्री भएकै समयमा रू. ५० लाख विनियोजन गरी पात्लेखेतको सम्भावनाबारे अध्ययन गरिएको थियो । ‘सो ठाउँमा बनाउन नगरपालिका सहमत छ तर ठूलीचौरमा भने सहमत हुन सक्ने अवस्था छैन । यहाँ काठमाडौं विश्वविद्यालय छ, धुलिखेल अस्पताल छ, सघन वस्ती छ, वन छ । त्यसैले यो शहरको ऐतिहासिक महŒवलाई बचाउन पनि विमानस्थल निर्माणमा ठूलीचौरको विकल्प खोज्नु पर्छ, हामी विकल्प दिन पनि तयार छौं,’ नगर प्रमुख ब्याञ्जुले आर्थिक अभियान दैनिकसँग भने । धुलिखेल नगरकी उपमेयर विमलाकुमारी चौलागाईंले धुलिखेल आपैmमा पर्यटकीय नगर भएको र वस्तीनजीकै विमानस्थल बनाउँदा त्यसले यहाँको पर्यटनलाई सहयोगभन्दा असहयोग गर्ने भएकोले ठूलीचौरको विकल्पको रूपमा पात्लेखेत अघि सरिएको र त्यो ठाउँ उपयुक्त हुनसक्ने बताइन् । दैनिक ४ सय ओटासम्म उडान गर्ने त्रिभुवन विमानस्थलबाट ३५ प्रतिशत साना विमानले पहाडी क्षेत्रमा केन्द्रित भई उडान गर्छन् । नयाँ विमानस्थल काठमाडौं आसपासमा निर्माण गर्न सकेमा हालको त्रिभुवन विमानस्थलको चाप कम भएर जाने प्राधिकरणको विश्लेषण छ । मन्त्री अधिकारीले तत्कालको चाप हटाउन काठमाडौं वेश भएर उडान गर्ने आन्तरिक विमान कम्पनीलाई एकएक ओटा विमानलाई काठमाडौंबाहिरका क्षेत्रीय विमानस्थललाई वेश बनाएर उडान गर्ने व्यवस्था मिलाउन प्राधिकरण तथा विमानस्थल कार्यालयलाई निर्देशन दिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)