ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फ्लाइओभर निर्माणका लागि जुटेन स्रोत

Apr 29, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । यातायात व्यवस्थालाई सहज बनाउन महत्त्वपूर्ण मानिएको ‘फ्लाइओभर’ निर्माणका लागि अझै स्रोत जुट्न सकेको छैन । नेपालमा हालसम्म पनि अभ्यासमा आउन नसकेको फ्लाइओभर निर्माणका लागि ललितपुर महानगरपालिका जुटे पनि अझैसम्म स्रोत अर्थात् लगानी सुनिश्चित हुन भने सकेको छैन । विभिन्न दातृनिकायहरूले चासो देखाए पनि लगानीका लागि भने अझै कुनै दातृनिकाय तथा सरकारले लगानी गर्न प्रतिबद्धता देखाएका छैनन् । महानगरले पुल्चोकदेखि थापाथलीको बागमती पुलसम्म फ्लाइओभर निर्माणका लागि प्रस्ताव पारित गरिसकेको छ । फ्लाइओभर निर्माणको लागत बढी पर्ने भएकोले पनि तत्कालै महानगरपालिकाले मात्रै यसको निर्माण अघि बढाउन सम्भव पनि देखिएको छैन । महानगरका कार्यकारी अधिकृत हरिप्रसाद दाहालले फ्लाइओभर निर्माणको शुरूको चरणदेखि जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) रहेको भन्दै फ्लाइओभर निर्माणमा जाइकाले सहयोग गर्ने प्रस्ताव आएको जानकारी दिए । यस्तै, उनले फ्लाइओभर निर्माणको प्रारम्भिक सर्वेक्षण अध्ययनका लागि आगामी हप्ता सूचना प्रकाशित गर्ने तयारी गरेको बताए । उनले भने, ‘फ्लाइओभर निर्माणको प्रारम्भिक सर्वेका लागि अहिले नीतिगत र प्राविधिक विषयमा छलफल भइरहेको छ, आगामी हप्ता हामीले फ्लाइओभर निर्माणको सम्भाव्यतालगायतका आवश्यक लगानीको आकलनका लागि प्रारम्भिक सर्वे गर्न आह्वानको तयारीमा छौं ।’ महानगरको गत साउनको पहिलो नगरसभाले पनि फ्लाइओभर बनाउने प्रस्ताव स्वीकृत गरेको थियो । यस्तै, काठमाडौं महानगरपालिकाले पनि ट्राफिक जामलाई न्यूनीकरण गर्न त्रिपुरेश्वर–माइतीघर–बबरमहलसम्म फ्लाइओभर निर्माण गर्ने प्रस्ताव अघि सारिसकेको छ । यातायात क्षेत्रलाई व्यवस्थित गरी हाल भइरहेको ट्राफिक जाम न्यूनीकरण गरी यात्रुहरूको दैनिकी सहज हुने देखिए पनि यी फ्लाइओभर निर्माणको काम भने अहिलेसम्म प्रक्रियामा जान सकेका छैनन् । काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जामका कारण हाल यात्रुहरूले भोग्दै आएको समस्या अझै केही वर्ष नटर्ने देखिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)