ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यार्साको चोरी निकासी बढ्यो, रोक्न युवा परिचालन

Apr 30, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

वैशाख १७, रुकुम । यार्सागुम्बाको चोरी निकासी बढ्न थालेपछि रुकुमको यार्सागुम्बा पाईने क्षेत्रहरुमा युवा परिचालन गरिएको छ । पूर्वी रुकुमको साविकको रन्मामैकोट गाविसका पुपाल, पुर्वाङखोला, अर्विजा, भित्रखोला, फुलबारी, घोराँह, जङ्गला थाङ्गे र तकसेरा गाविसका रामाजीमा र तारावाङ भन्ने स्थानमा युवा परिचालन गरिएको हो ।

यार्सा सिजन शुरु भएसँगै चोरी निकासी बढ्न थालेपछि स्थानीयहरुले झण्डै २ सयभन्दा बढी युवा यार्सागुम्बा पाईने क्षेत्रतर्फ पठाएको यार्सा सिजन व्यवस्थापन समितिका अध्यक्ष अमृतधन पुनले जानकारी दिए । उनले भने, ‘चोरी निकासी यक्ष पुनले बताए । चारदिन अघि यार्सा सिजन व्यवस्थापन समितिको बैठकले सुरक्षा दस्ता खटाउने निर्णय गरेको थियो ।

जेठको पहिलो साताबाट यार्सागुम्वा सङ्कलन गर्ने तयारी भएको स्थानीयवासी लजिम पुनले जानकारी दिए । चोरी निकासी बढेका कारण रुकुमका हिमाली क्षेत्रमा पाईने यार्सागुम्बा उत्पादन घट्दै गएको छ । गतवर्ष यार्सा उत्पादनमा कमी आएपनि यसवर्ष उत्पादन बढ्ने स्थानीयले बताएका छन् । विशेषगरी समयमा पानी परेको तथा हिमालमा हिउ परेका कारण उत्पादन बढ्ने अनुमान गरिएको हो ।

पछिल्लो समय जलवायु परिवर्तनसँगै रुकुममा यार्सा उत्पादनमा कमी भएको छ । जिल्लामा जलवायु परिवर्तनसँगै मानवीय चाप बढ्दै जाँदा यार्सा कालो हुँदै गएको स्थानीयहरुले बताएका छन् । गतवर्ष यार्सा उत्पादनसँगै मूल्यमा समेत कमी आएको थियो । गतवर्ष प्रतिकेजी ६ लाखदेखि १५ लाख रुपैयाँमा यार्सागुम्बाको कारोबार भएको स्थानीय बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)