ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेरी–बबई डाईभर्सन आयोजनामा तालाबन्दी

May 1, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

वैशाख १८, वीरेन्द्रनगर । अन्तरराष्ट्रिय १२९ औँ मजदुर दिवस मनाईरहेका बेला राष्ट्रिय गौरवको आयोजना भेरी–बबई ड्राइभर्सनको कार्यालयमा तालाबन्दी गरिएको छ । आयोजना निर्माणका क्रममा स्थानीय बासिन्दा र कामदारहरुबीच भएको सहमति कार्यान्वयन नभएकोभन्दै आयोजनाका कामदारहरुले नै तालाबन्दी गरेका हुन् । विगतमा भएका विभिन्न सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने मागसहित स्थानीयवासीहरुका तर्फबाट सरोकार समिति र मजदुर यूनियनले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

भेरी–बबई सरोकार समितिको उपसमिति हात्तीखालको अगुवाईमा निर्माण कार्यमा कार्यरत कामदार र त्यहाँका समुदायले संयुक्त रुपमा तालाबन्दी गरी काम ठप्प पारेका छन् । आयोजना शुरु भएको २ वर्षसम्ममा पनि स्थानीयको हितका लागि गर्नुपर्ने काम नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको उपसमिति अध्यक्ष नविन सारुले बताए । आयोजनाले स्थानीयसँग सिंचाईको सविधा उपलब्ध गराउने, विद्यालयको पर्खाल निर्माण गर्ने, सडक निर्माण तथा स्थानीयलाई सीपमूलक तालिम सञ्चालन गर्ने सहमति कार्यान्वयन नगरेको अध्यक्ष सारुको भनाइ छ ।

आयोजनाबाट अतिप्रभावित स्थल भेरीगंगा नगरपालिका–५ हात्तिखाल र गेरुबानीमा दीर्घकालिन शुद्ध खानेपानी योजना निर्माण गर्नुपर्ने, विद्युतमार्फत सिंचाई लिफ्टिङ्ग आयोजना निर्माण गर्नुपर्ने, आयोजना निर्माण क्षेत्रमा रहेको जनता प्रावि र सरस्वति प्राविमा ध्वनी तथा वायु प्रदुषणरहित पर्खाल निर्माण गर्नुपर्ने माग राखिएको छ ।

हात्तिखाल र गेरुवानी अन्तर्गत पर्ने मुल सडक तथा रिङ्गरोडमा पक्की नालासहित विभिन्न खोलाहरुमा आवश्यकताअनुसार कल्भर्ट तथा ह्विमपाईप व्यवस्था गर्नुपर्ने, बाढी प्रभावित क्षेत्रमा दीर्घकालिन तटबन्धनको तत्काल निर्माण गर्नुपर्ने, प्रभावित क्षेत्रका स्थानीयवासीहरुका लागि सीपमुलक, कृषि तथा पशुपालन, स्वरोजगारमूलक तालिम सञ्चालन गर्नुपर्ने र खेलमैदान, पिकनिक पार्क निर्माण गर्नुपर्ने माग स्थानीयवासीको छ ।

विभिन्न बाहनामा आयोजना तथा चिनियाँ कम्पनिबाट निकालिएका दक्ष तथा अदक्ष कामदारहरुलाई प्रत्यक्ष कामदारको रोहबरमा सहमति गरी तत्काल रोजगारी दिनुपर्ने माग मजदुर युनियनको छ । यस्तै, मासिक रुपमा एक दिन बिदा दिनुपर्ने र दिनको पूर्ण तलबभत्ता उपलव्ध गराउनुपर्नेलगायतका माग कामदार तथा श्रमिकहरुको छ ।

यता, आयोजना निर्देशक शिवकुमार बस्नेतले स्थानीयवासी र मजदुरहरुका माग सम्बोधनका लागि पहल भइरहेको बताए । ‘सम्झौताअनुसार नै काम थालिएको उनको भनाइ छ । स्थानीय विकासका केही काम प्रक्रियामा रहेको बताउँदै उनले सहमती अनुसारका काम पूरा हुनेमा शङ्का नर्गन आग्रह गरे । ‘केही समय लागे पनि स्थानीय विकास निर्माणका काम पूरा हुन्छ,’ बस्नेतले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)