ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विमानस्थल निर्माणको अध्ययन गर्न विज्ञ समिति गठन

May 3, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अन्यत्र सार्न वैकल्पिक विमानस्थल निर्माणको स्थान छनोट गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको छ । मङ्गलवार मात्रै काभ्रेका विभिन्न ३ स्थानको अवलोकन भ्रमण गरी फर्केपछि बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट इञ्जिनीयर कमलकुमार केसीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकद्वय ध्रुवदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरू सुवर्ण उपाध्याय र सीताराम भण्डारी सदस्य तथा प्राधिकरणका नलविक्रम थापा सदस्यसचिवमा रहेका छन् । समितिलाई यी ३ ठाउँ वा अन्य उपयुक्त ठाउँको अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्ने जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । मन्त्रालयबाट सम्पादन गरिने कार्यमा त्रिभुवन विमानस्थलबाट आन्तरिक हवाई उडानलाई स्थानान्तरण गर्न वैकल्पिक विमानस्थल निर्माणको स्थान निश्चित गरी कार्य अघि बढाउने प्रतिबद्धताअनुरूप सोही कामका लागि समिति गठन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विमानस्थल निर्माण गर्ने भनी अवलोकन तथा यसअघि अध्ययन गरिएकामध्ये नागीडाँडामा करीब ७५ प्रतिशत जग्गा सरकारी वन क्षेत्र र बाँकी निजी जग्गा रहेको छ भने ठूलीचौरमा ६० प्रतिशत बराबरको जग्गा व्यक्तिगत र ४० प्रतिशत मात्र सरकारी जग्गा पर्छ । ठूलीचौरमा अहिले नेपाली सेनाको ब्यारेकसमेत छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)