ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीबजारमा सक्रिय लगानीकर्ता अन्यन्त न्यून

May 11, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपालको पूँजीबजारमा लगानी गर्नेको सङ्ख्या लाखौं भए पनि दैनिक रुपमा शेयर किनबेच गर्ने लगाानीकर्ता भने औलामा गन्न सकिने मात्र भएको पाईएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कले यस्तो देखाएको हो । छिमेकी मुलुक भारतमा वर्षको १ हजारपटक शेयर किनबेच गर्ने लगानीकर्तालाइ सक्रिय मान्ने अभ्यास छ । भारतमा कुलमध्ये त्यस्ता सक्रिय लगानीकर्ता करीब ५ प्रतिशत रहेको नेप्सेका उपप्रबन्धक निरञ्जन फुयालले जानकारी दिए । भारतमा प्रतिदिन २ पटकसम्म कारोबार गरेको व्यक्ति पूँजीबजारको सक्रिय लगानीकर्ता मान्ने गरिन्छ । सोही आधारमा नेपाली पूँजीबजारका लगानीकर्ता पनि वर्गिकरण गर्ने हो भने सक्रिय लगानीकर्ताको सङ्ख्या ४/५ ना मात्रै देखिने उनको भनाइ छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको बिहीवारसम्मको तथ्याङ्कअनुसार १२ लाख ३९ हजार ४ सय १९ जनाको डिम्याट (हितग्राही) खाता रहेको छ । उक्त खातालाई आधार मान्दा लाखौंको सङ्ख्यामा भएका लगानीकर्तामध्ये औंलामा गन्न सकिने मात्र सक्रिय लगानीकर्ता देखिन्छन् । नेपाल धितोपत्र बोर्डले एउटा व्यक्तिले बढीमा २ ओटा मात्र डिम्याट खाता खोल्न पाउने निर्देशन दिएको थियो । तर, अहिले एउटै व्यक्तिको ४/५ ओटासम्म डिम्याट खाता भएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवप्रकाश गुप्ताले जानकारी दिए । एकभन्दा बढी डिम्याट खाता भएका कारण लगानीकर्ताको यकिन तथ्याङ्क नभएको र सक्रिय लगानीकर्ताको पनि अभाव भएको सीईओ गुप्ताले स्वीकारे । उनका अनुसार पूँजीबजारमा व्यक्तिगत लगानीकर्ताको तुलनामा संस्थागत लगानीकर्ताको सङ्ख्या पनि अत्यन्त कम छ । ‘हाल पूँजीबजारमा संस्थागत लगानीकर्ता १० प्रतिशत र व्यक्तिगत लगानीकर्ता ९० प्रतिशत छन्,’ उनले भने । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौड्यालले पूँजीबजारमा संस्थागत लगानीकर्ताको सङ्ख्या बढेमा बजारले राम्रो गति लिनसक्ने बताए । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको दुईदिने पूँजीबजार प्रदर्शनी–२०७५ को प्राविधिक सत्रमा धितोपत्र बजार तथा बजार पूर्वाधार विषयक कार्यपत्र प्रस्तुत गर्दै फुयालले यस्तो आँकडा प्रस्तुत गरेका हुन । ‘पूँजीबजारमा सक्रिय लगानीकर्ताको सङ्ख्या बढेमा मात्र माग र आपूर्तिको आधारमा पारदर्शी मूल्य (फेयर प्राइस) निर्धारण हुन्छ,’ फुयालले भने । रियल सेक्टरका कम्पनीहरू पूँजीबजारमा आएमा विविधीकरण हुने र पूँजीबजारको कारोबार फस्टाउने उनको भनाइ थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)