ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यान्वयन महत्त्वपूर्ण : पर्यटन व्यवसायी

May 22, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौंं । सरकारकोे नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे पर्यटन क्षेत्रले मिश्रित प्रतिक्रिया व्यक्त गरेको छ । कार्यक्रमले समेटेका कामका लागि आवश्यक बजेट विनियोजन र कार्यान्वयनले त्यसको सफलता मापन गर्न सकिने यस क्षेत्रको भनाइ छ । नीति तथा कार्यक्रममा सञ्चालित कामको निरन्तरताबाहेक खासै नयाँ विषय नआए पनि सञ्चालित परियोजनाको कार्यान्वयन महŒवपूर्ण हुने धारणा पर्यटन व्यवसायीले राखेका हुन् । सरकारको नीति तथा कार्यक्रममा समावेश भएका विषय स्वागतयोग्य भए पनि कार्यान्वयनको अवस्थाले मात्रै यसलाई ठीक–बेठीक भन्न सकिने होटल एशोसिएशन अफ नेपाल (हान)का महासचिव विनायक शाहले बताए । ‘पर्यटन व्यवसायीको सधैंको माग पूर्वाधार हो । भौतिक पूर्वाधारको निर्माणविना पर्यटन प्रवर्द्धनका अन्य कामको अर्थ रहँदैन,’ उनले भने, ‘नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखे पनि विगत हेर्दा प्रभावकारी काम हुनेमा विश्वस्त हुने ठाउँ कम छ ।’ सरकारको नीति तथा कार्यक्रममा विगतको निरन्तरता र ठोस कार्यक्रमको अभाव रहेको नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य दीपक महतको टिप्पणी छ । सरकारले सन् २०२० सम्ममा १५ लाख पर्यटक ल्याउने भने पनि त्यसका लागि ठोस कार्यक्रम नभएको प्रतिक्रिया उनले दिए । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य भएको बताए । विगतमा टानले उठाएका कतिपय विषय यसमा समेटिएको भन्दै उनले यसको कार्यान्वयनका लागि बजेट विनियोजन हुनुपर्ने धारणा राखे । आगामी आवको नीति तथा कार्यक्रममा भैरहवामा निर्माणाधीन गौतमबुद्ध क्षेत्रीय विमानस्थललाई अर्को वर्ष तथा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थललाई ३ वर्षभित्र सञ्चालनमा ल्याइने उल्लेख छ । यस्तै, नेपालको हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित र प्रभावकारी बनाउन उच्चतम प्रविधिको प्रयोग गरिने, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई क्षेत्र, हवाईमार्ग र विमानस्थलको पुनःसंरचना तथा स्तरवृद्धि गरिने भनिएको छ । सरकारले प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिनुका साथै पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटकअनुकूल सेवासुविधाको विस्तार गर्ने नीति लिएको छ । पर्यटक सङ्ख्यामा जोड दिइरहेको सन्दर्भमा सरकारले गुणस्तरीय पर्यटक भित्र्याउने नीति अघि सारेको छ । यसैगरी प्रचलित पर्यटकीय गन्तव्यको विकास स्तरोन्नति गरी थप पर्यटकीय गन्तव्य पहिचान र विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)