ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक : सबैभन्दा धनी यातायातमन्त्री गरीब महिलामन्त्री

May 24, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण बुधवार सार्वजनिक भएको छ । विवरणले धेरै मन्त्री सम्पन्न रहेको देखाएको छ भने कतिपय मन्त्रीसँग नगद पनि प्रशस्तै रहेको विवरणमा उल्लेख छ । मन्त्रिपरिषद्मा सबैभन्दा धनी मन्त्रीका रूपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन् । सबैभन्दा ‘गरीब’ मन्त्री भने महिला बालबालिका मन्त्री थममाया थापा देखिएकी छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने आप्mनो सम्पत्ति विवरणमा २५ सय पुस्तक रहेको पनि उल्लेख गरेका छन् । सबैभन्दा बढी नगद भएकाहरूमा अर्थमन्त्री डा. युवराज खतिवडा सबैभन्दा अघि छन् । विवरणअनुसार उनीसँग १ करोड नगद छ । मन्त्री महासेठसँग रू. ७२ लाख, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग पत्नीसमेतको गरी ६० लाख र प्रधानमन्त्री केपी ओलीसँग पत्नीसमेतको गरी रू. ५२ लाख नगद रहेको छ । महिला तथा बालबालिका मन्त्री थममाया थापासँग एक तोला सुन, म्याग्दीको बेनीमा ७ आना १ पैसा ८ दाम जग्गा र १५ हजार नगदमात्रै रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)