ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बालकृष्णलाई माफी दिन लागिएकोविरुद्ध रिट

May 24, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई

जेठ १०, काठमाडौं । जन्मकैदको सजायँ पाएका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई माफी दिन लागिएका विरुद्ध बिहीवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीद्वारा दायर गरिएको रिट निवेदनमा हचुवाको भरमा ढुंगेललाई माफी दिन लागिएको उल्लेख गरिएको छ । ढुंगेललाई आगामी गणतन्त्र दिवसको अवसरमा बाँकी रहेको कैद सजायँ माफी दिन लागिएको बताइएको छ ।

कैदमा रहेका कैदीहरुको आचरण उचित भएमा ६० प्रतिशतसम्म कैद माफी दिन सकिने प्रावधान रहेको छ । सो बमोजिम ढुंगेलको कैद बाँकी हाल ४० प्रतिशत सकिएको छ । ढुंगेलले कैद बस्नुपर्ने अब ६० प्रतिशत अर्थात् १२ वर्ष बाँकी रहेको छ ।

कुनै अनुसन्धान नै नगरी ढुंगेलको आचरण ठीक भएको उल्लेख गर्दै उनलाई माफी दिन लागिएको कार्य कानून विपरित भएको रिट निवेदनमा उल्लेख गरिएको छ । ढुंगेललगायत झण्डै ८ सय जनाको कैद माफी दिन लागिएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)