ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३० करोड लागतमा राजविराज विमानस्थलको स्तरोन्नति : श्रीएयरले गर्‍यो उद्घाटन उडान

May 25, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । सप्तरीको राजविराज विमानस्थल ३० करोड ३० लाखको लागतमा स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको छ । पटकपटक बन्द हुँदै आएको उक्त विमानस्थलको बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादव र पूर्वपर्यटनमन्त्री जितेन्द्रनारायण देवले संयुक्त रूपमा उद्घाटन गरे । सोअवसरमा मन्त्री अधिकारीले असारको पहिलो सातासम्म विमानस्थलबाट नियमित उडान हुने बताए । उनले नियमित उडानले प्रदेश–२ को विकासमा थप टेवा पुग्ने बताए । उनले भने, ‘पहिले केही समयका लागि यात्रुको अभाव हुनसक्छ । तर, त्यो बहानामा विमान नियमित भएन भने विमान कम्पनीकै विश्वसनीयता रहँदैन र विमानस्थल पनि चल्दैन, त्यसैले यात्रु भए पनि नभए पनि उडान जरुरी छ ।’ उनले नेपाल वायु सेवा निगमले निकट भविष्यमै ६ ओटा साना विमान किन्न लागेको बताउँदै यात्रु भएमा एउटा विमान राजविराजबाट पनि नियमित उडान गर्ने उल्लेख गरे । राष्ट्रिय सभाका सांसद एवम् पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सप्तरीमा विमानस्थल सञ्चालनको आफूले विगतमा गरेको प्रयास सफल भएको बताए । सासंद मनीष सुमनले राजविराज विमानस्थललाई यात्रु विमानस्थलका साथै कार्गो विमानस्थलको रूपमा विकास गर्न आग्रह गरे । उनले कार्गो विमानस्थलको विकास गर्न सकिए यस क्षेत्रमा औद्योगिक विकासको पर्याप्त सम्भावना रहेको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले सरकारको ३० करोड ३० लाखमा विमानस्थलको स्तरोन्नति गरिएको जानकारी दिए । उनले आगामी वर्षको बजेटबाट थप पूर्वाधार निर्माण गरिने बताए । यो बजेटबाट १ हजार ५ सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावन मार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य विमानस्थलमा सम्पन्न भएको महानिर्देशक गौतमले जानकारी दिए । यसैबीच बुधवार मात्र राजविराजमा परीक्षण उडान गरेको श्रीएयरलायन्सले बिहीवार उद्घाटन उडान गरेको छ । श्री एयरलाएन्सको नाइन एन एएमएम कलसाइन भएको ५० सीट क्षमताको बमबार्डियर–२०० सिरिजको विमानले बिहीवार राजविराजमा उद्घाटन उडान गरेको हो । प्राधिकरणबाट थप प्रक्रिया पूरा गरी छिट्टै नियमित उडान शुरू गर्ने श्री एयरलायन्सका अध्यक्ष सुधीर मित्तलले जानकारी दिए । मित्तलका अनुसार श्रीले असारदेखि सातामा ६ दिन दैनिक एक/एकओटा उडान राख्ने लक्ष्य लिएको छ । तीनओटा बमबार्डियर–२०० सिरिजका विमान रहेको श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीका नियमित उडान गरिरहेको एयरलायन्सका कर्पोरेट म्यानेजर सुनिल मानन्धरले जानकारी दिए । उनले केही दिनभित्रै श्रीले ७० सीट क्षमताको अर्को विमानसमेत थप्ने जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)