ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रमण तथा सत्कारमा ३३ करोड सकिँदै

Jun 6, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । सरकारले आगामी वर्ष (आव) २०७५/७६ मा भ्रमण तथा सत्कारमा मात्रै कुल रू. ३३ करोड खर्च गर्ने भएको छ । बजेटमार्फत विशिष्ट व्यक्तिको भ्रमण तथा सत्कारका नाममा सरकारले सो रकम छुट्ट्याएको हो । चालू आव २०७४/७५ मा सरकारले उक्त शीर्षकमा कुल रू. २४ करोड ६३ लाख छुट्ट्याएको थियो । आगामी आवका निम्ति छुट्ट्याएको रकम गतवर्षको तुलनामा करीब एक तिहाइ बढी हो । बजेटमा भ्रमण तथा सत्कारका लागि तीन शीर्षक दिई रकम छुट्ट्याइएको छ । पहिलो शीर्षकमा ‘विशिष्ट व्यक्तिको भ्रमण खर्च’ नाम दिइएको छ । यो शीर्षकमा चालू आव २०७४/७५ मा ४ करोड ९८ लाख छुट्ट्याएकोमा अगामी आवको निम्ति बढाएर ६ करोड पुर्‍याइएको छ । त्यस्तै दोस्रो शीर्षकमा ‘प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत’ खर्च छुट्ट्याइएको छ । उक्त शीर्षकमा चालू आवमा १८ करोड छुट्ट्याइएकोमा यसलाई वृद्धि गरी आगामी आवका लागि २२ करोड पुर्‍याइएको छ । तेस्रो ‘अतिथि सत्कार’ शीर्षकमा सरकारले ५ करोड छुट्ट्याएको छ । सो शीर्षकमा चालू आवमा जम्मा १ करोड ४६ लाख मात्रै छुट्ट्याइएको थियो । यसरी भ्रमण तथा सत्कारका नाममा राज्यले ठूलो रकम खर्च गर्ने देखिन्छ । सरकारले स्रोत अभावको कारण देखाउँदै वित्तीय मितव्ययिता अपनाउने भनिरहेको छ । यसका निम्ति अर्थ मन्त्रालयको प्रस्तावमा नीतिगत मार्गदर्शन मन्त्रिपरिषद्को बैठकले पारित गरिसकेको छ । सरकारले मितव्ययिताको नारा लगाउँदै गर्दा विदेशी पहुनाको भ्रमण तथा सत्कारमा मात्रै ठूलो रकम छुट्ट्याइनुले थप रकम जोहो गर्न सरकारलाई थप अप्ठ्यारो पर्ने निश्चित छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)