ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेट कार्यान्वयनका लागि ठोस कार्ययोजना

Jun 10, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०७५/७६ को बजेट कार्यान्वयनका लागि ठोस कार्ययोजना बनाइने भएको छ । असार २५ भित्रै सरकारले त्यस्तो ठोस कार्ययोजना बनाउने भएको हो । त्यसका लागि सबै मन्त्री तथा सचिवलाई १५ असारभित्रै ठोस कार्ययोजना तयार गर्न शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार प्रधानमन्त्री ओलीले जनअपेक्षा पूरा हुने गरी कार्ययोजना तय गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न भनेका हुन् । प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै खतिवडाले भने, ‘बजेट कार्यान्वयनको कार्यतालिका, संरचनागत तयारी, कर्मचारी व्यवस्थापन र कानून बनाउनेलगायत काम सक्न भन्नुभएको हो ।’ प्रधानमन्त्रीको निर्देशनसँगै सबै मन्त्रालयले सम्बन्धित क्षेत्रको वास्तविक विद्यमान अवस्था र आगामी आवभित्र गर्न सकिने बजेटमा समावेश योजना समेटी कार्ययोजना बनाउने बताइएको छ । खतिवडाका अनुसार मन्त्रालयहरूले बनाउने कार्ययोजनामा पाँच वर्षलाई आधार वर्ष बनाएर वर्षैपिच्छे गर्न सकिने कामको योजना उल्लेख हुनुपर्ने छ । एक वर्षपछि कार्ययोजनाबमोजिम कार्य भए÷नभएको अनुगमन र मूल्याङ्कनसमेत गरिने अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए । यसअघि बजेट आउने तर जनताले प्रत्यक्ष रूपमा अनुभव गर्नेगरी कार्यान्वयन कम हुने स्थिति देखिएपछि सरकारले कार्ययोजना बनाएरै कार्यान्वयनमा जुट्न लागेको अर्थमन्त्री खतिवडाको भनाइ छ । उनका अनुसार सरकारको नीति तथा कार्यक्रम र बजेटबारे असन्तुष्टि जनाउनेलाई कामबाटै जवाफ दिनुपर्ने अवस्था रहेकाले सरकार कार्ययोजना तय गर्न जुटेको हो । उनले भने, ‘आगामी बजेट जनआकाङ्क्षालाई ध्यानमा राखी विकासप्रति नयाँ दृष्टिकोण बनाएर कार्यान्वयन गरिने छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)