ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईकाओद्वारा नेपाललाई प्रोत्साहन प्रमाणपत्र प्रदान

Jun 14, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपालले सन् २०१७ मा सुरक्षा चासोको मापदण्ड पूरा गरेकाले अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले प्रोत्साहन प्रमाणपत्र प्रदान गरेको छ । क्यानाडाको मण्ट्रियलमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले प्रदान गरेको प्रमाणपत्र बुझेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाइएको प्रोत्साहन प्रमाणपत्र ग्रहणका लागि मन्त्री अधिकारीसहितको टोली क्यानाडा पुगेको थियो । आईकाओले गत जुलाईमा नेपाललाई झण्डै ४ वर्षपछि गम्भीर सुरक्षा चासोको सूचीबाट हटाएको थियो । आईकाओले नेपालसहित बङ्गलादेश, बुर्किना फासो, कोस्टारिका, ताञ्जिनिया, रुवाण्डा, इक्वेटरियल घिनी, रोमानिया, पानामा, कुवेत, जोर्डन, इण्डोनेसिया, पोर्चुगल र फिनल्याण्डलाई क्याउन्सिल प्रेसिडेण्ट सर्टिफिकेट प्रदान गरेको हो । आईकाओको गम्भीर सुरक्षा चासो सम्परीक्षण कमिटीको गत वर्ष जुलाई २० मा बसेको बैठकले नेपाललाई गम्भीर सुरक्षा चासोको लिष्टबाट हटाउने निर्णय गरेको थियो । गत जुलाई ४ मा नेपाल आएको आईकाओको दुई सदस्यीय अडिटर टोलीले ४ ओटा अन्तरराष्ट्रिय उडान भर्ने एयरलाइन्स कम्पनी र हवाई क्षेत्रका ऐन–कानूनको अध्ययन तथा निरीक्षणसमेत गरेपछि नेपाल आईकाओको गम्भीर सुरक्षा चासोबाट हटेको थियो । नेपाल अन्तरराष्ट्रिय उड्डयन मापदण्ड तथा सिफारिश पालनामा अडिट भएका ८ क्षेत्रमध्ये ४ ओटा क्षेत्रमा विश्वस्तरको मापदण्डभन्दा माथि एउटामा औसत र दुई ओटामा तल रहेको छ । नेपाल आईकाओको गम्भीर सुरक्षा चासोको सूचीबाट हटे पनि यूरोपियन युनियनको कालोसूचीबाट भने हट्न बाँकी रहेको छ । प्राधिकरणले ईयूलाई प्रतिबन्ध हटाउन आग्रह गरे पनि हालसम्म ईयूले उक्त कालोसूचीबाट हटाएको छैन । ईयूले सार्वजनिक गरेको (एसएससी) सूचीमा नेपालका सबै वायुसेवा कम्पनीसहित विश्वका १ सय ७८ कम्पनी छन् । ईयूले प्रतिबन्ध फुकुवा गरेपछि मात्रै नेपाली विमान कम्पनीहरूले युरोपियन आकाशमा सहज उडान गर्न पाउनेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)