ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकी करिडोर प्रसारण लाईनको काम धमाधम

Jun 20, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

असार ६, पर्वत । कालीगण्डकी करिडोर प्रसारण लाईनका प्रभावित बासिन्दालाई मुआब्जा वितरण गरिएको छ । सात करोड ८६ लाख रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा रू. ३ करोड ६० लाख वितरण गरिसकिएको छ । पर्वतको कुश्मा नगरपालिका २ खुर्काेटमा र म्याग्दीको दानामा स्टेशन तथा एक सय ४४ ठाउँका टावर निर्माण गर्दा लिइएको जग्गाका धनीहरुलाई निर्धारण गरिएको जग्गाको मूल्य अनुसारको मुआब्जा वितरण गरिएको हो ।

आयोजना प्रमुख चन्दकुमार घोषका अनुसार पर्वतका ५७ जनालाई रू. एक करोड र म्याग्दीका ४२ जनालाई रू. २ करोड ६० लाख मुआब्जा बापतको रकम वितरण गरिएको छ । थप ७६ घरधुरीलाई रू. ३ करोड २३ लाख मुआब्जा वितरण गर्न बाँकी रहेको घोषले बताए । उनका अनुसार आयोजनाले ९३ रोपनी जग्गा अधिग्रहण गर्नेछ । ‘जग्गाधनी सम्पर्कमा नआउँदा सबै रकम एकै पटक बुझाउन समस्या भयो,’ घोषले भने, ‘पर्वत र म्याग्दी जिल्ला प्रशासनबाट मुआब्जा वितरणको काम भैरहेको छ ।

धौलागिरी अञ्चलका ठुला तथा साना नदी र खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाईनमा जोड्न यो आयोजना निर्माण गर्न लागिएको हो । उक्त प्रसारण लाइनअन्तर्गत हाल नौओटा जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । प्रसारण लाइन र सबस्टेशनसँगै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको छ ।

आयोजनाले म्याग्दीको दाना, तातोपानी, भुरुङ, घार, हिस्तान, दोबा, बेग, भगवती, राखुपिप्ले, पर्वतका बाँसखर्क, माझफाँट, मल्लाज, धाइरिङ, नाङ्लिबाङ, पाङ हुँदै खुर्कोट सबस्टेसनसम्म जोड्छ । त्यस्तै खुर्कोट सबस्टेसनबाट पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा, रुपन्देही र नवलपरासी हुँदै बुटवल सबस्टेसनमा जोडिएर राष्ट्रिय प्रसारणमा पु¥याइने निर्माण कम्पनी टाटा प्रोजेक्टका प्रतिनिधि अर्जुन गुरुङले बताए । दाना–खुर्कोट सवस्टेसनको दुरी ३९ किलोमिटर र खुर्कोट–बुटलवको दुरी ८८ किलोमिटर छ ।

सन् २०१६ मे ३० मा निर्माणको काम थालिएको आयोजना सन् २०१८ नोभेम्बरको अन्त्यमा निर्माण सक्नुपर्ने लक्ष्य छ । भूकम्प र नाकाबन्दिको असर, अन्य प्राविधिक कठिनाईका बाबजुत काम धमाधम भैरहेपनि तोकिएको मितिमा आयोजनाको काम सकिने देखिएको छैन् । हालसम्म ४० प्रतिशत मात्रै काम सकिएको आयोजनाका प्राबिधिक सहायक प्रबन्धक लक्ष्मण फुयाँलले जानकारी दिए । ‘हामीले जोडबलले काम गरिरहेका छौँ,’उनले भने,‘तोकिएको मितिमा काम सक्ने लक्ष्य छ ।’ टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले रू. २ अर्ब ९० करोडमा आयोजना सम्पन्न गर्ने ठेक्का पाएका हुन् ।

आयोजना अन्तर्गत म्याग्दीको दाना, पर्वतको खुर्कोट र बुटवलमा तीनओटा छुट्टाछुट्टै सबस्टेसन निर्माण हुनेछन् । आयोजनाको दाना–खुर्कोट प्रसारण लाइनमा २२०/१३२ केभि क्षमता रहेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ । एशियाली विकास बैङ्कको सहयोगमा विद्युत् प्राधिकरणले खुर्कोट हुँदै नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा कालीगण्डकी करिडोर प्रसारण लाइन बनाउने तयारी गरेको छ । सबस्टेसनमा पूर्वाधार निर्माण, उपकरण खरीदका साथै प्रसारण लाइनको टावर बनाउने काम तीव्र गतिमा अघि बढेको फुयाँलले बताए । ६७ टावरको फाउण्डेशन खनिएको छ । तार तान्ने काम पनि शुरु गर्ने तयारी भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)