ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : मुआब्जा दिने सहमतिपछि आन्दोलन फिर्ता

Jun 21, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थानीय जग्गाधनीलाई उपलब्ध गराउनुपर्ने रकम पठाएपछि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा स्थानीयले जारी राखेको आन्दोलन फिर्ता भएको छ । मुआब्जा नपाएको भन्दै स्थानीयले विमानस्थलको धावनमार्गमै अवरोध सृजना गरी निर्माणकार्यमा अवरोध गरेका थिए । बुधवारै आवश्यक रकम पठाइएको र स्थानीयको आन्दोलन फिर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । रकम वितरणको प्रक्रिया मिलाउनुपर्ने हुनाले समय लागेको भए पनि अहिले प्रक्रिया पूरा गरेर रकम पठाइएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । उनले भने, ‘रकमको समस्याले मुआब्जा नदिएको होइन । सरकारले दिएको रकमलाई प्रक्रिया मिलाएर दिनुपर्ने भएकोले मात्रै ढिला हुन गएको हो ।’ पछिल्लो समय अधिग्रहण गरेको जग्गाको बाँकी ५ अर्ब जति रकम केही दिनभित्रै क्रमशः वितरण गरिने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार करीब २३ अर्ब मुआब्जा रकम वितरण गर्नुपर्नेमा हालसम्म ६ अर्ब रुपैयाँ मात्र वितरण भएको छ । जग्गा अधिग्रहणमा परेका करीब २ हजार ३ सय परिवारमध्ये हालसम्म करीब ८ सय जनालाई मुआब्जा वितरण गरिएको छ । यसैबीच, प्राधिकरणले हाल विमानस्थल निर्माणको करीब ५० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिएको छ । गौतमका अनुसार अबको दिनमा यसको प्रतिशत बढ्दै जानेछ । ‘विमानस्थलको भौतिक संरचना निर्माणपछि मात्र रनवेमा एप्रोच लाइट, टर्मिनलमा एक्सरे मेशिनलगायतका अन्य उपकरण राखिनेछ,’ उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)