ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरहरा निर्माणमा ६ कम्पनीको प्रस्ताव

Jun 22, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । २०७२ वैशाखको भूकम्पबाट पूर्णरूपमा क्षति भएको ऐतिहासिक सम्पदा धरहरा निर्माण गर्न विभिन्न ६ कम्पनीले प्रस्ताव गरेका छन् । धरहरा निर्माणका लागि गत वैशाख ३१ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो । सोहीअनुसार नेपाली र चिनियाँ गरी ६ ओटा कम्पनीले धरहरा निर्माणका लागि प्रस्ताव गरेका हुन् । धरहरा निर्माणको जिम्मा पाएको प्राधिकरणले ती कम्पनीले पेश गरेका प्राविधिक र वित्तीय प्रस्तावको मूल्याङ्कन गर्न समिति नै गठन गरिसकेको छ । समितिले ती कम्पनीका प्राविधिक र वित्तीय प्रस्ताव मूल्याङ्कन गर्नेछ । भूकम्प गएको ३ वर्षभन्दा बढी समय भइसक्दासमेत कुनै प्रगति नदेखिएका बेला प्राधिकरणले धरहरा निर्माणका लागि औपचारिक रूपमै गृहकार्य अघि बढाएको हो । प्राधिकरणका सहसचिव राजुमान मानन्धरले असार २७/२८ सम्ममा कम्पनीका प्रस्ताव मूल्याङ्कन सकिने जानकारी दिए । उनले मूल्याङ्कन सम्पन्न भएलगत्तै असार अन्त्यतिर प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा निर्माणको शिलान्यास गर्ने तयारी गरिएको बताए । प्राधिकरणले असार अर्थात् चालू आर्थिक वर्ष २०७४/७५ मै धरहरा निर्माणको औपचारिक काम शुरू गर्ने लक्ष्य राखेको छ । यसअघि नेपाल टेलिकमलाई धरहरा निर्माणको जिम्मा सरकारले दिए पनि त्यसमा विवाद देखिएपछि अहिले प्राधिकरणले नै धरहरा निर्माण गर्ने भएको छ । नेपाल टेलिकमले पहिलेको सहमतिअनुसार नै १ अर्ब रुपैयाँ धरहरा निर्माणका लागि उपलब्ध गराउने भएको छ । रू. ४ अर्बभन्दा बढीको लागतमा निर्माण हुने भनिएको धरहरा निर्माणको ड्रइङ/डिजाइन र लागत इस्टिमेट यसअघि नै पुरातत्त्व विभागले सरकारलाई उपलब्ध गराइसकेको छ । २२ तले बन्ने धरहरा निर्माणका लागि सञ्चालन गरिएको ‘मेरो धरहरा म बनाउँछु’ अभियानमा रू. २४ करोड सङ्कलन भएको प्राधिकरणका सहसचिव मानन्धरले जानकारी दिए । भूकम्पबाट भत्किएका रू. १ अर्बभन्दा बढी लागत लाग्ने संरचना बनाउन आयोजना विकास गरिने तयारीअनुरूप प्राधिकरणले ‘धरहरा निर्माण आयोजना’समेत गठन गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)