ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उड्डयन उद्धारका लागि नेपाली जनशक्ति सक्षम

Jun 22, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । विमानस्थलमा हुने हवाई दुर्घटना तथा आगलागी नियन्त्रणका लागि त्रिभुवन विमानस्थलको जनशक्ति सक्षम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले दाबी गरेको छ । त्रिभुवन विमानस्थलमा भएको भौतिक उपकरण र जनशक्तिका हिसाबले नेपाल विश्वव्यापी मापदण्डको नवौं स्तरमा रहेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । जनशक्ति तथा उपकरणबारे जानकारी दिन विमानस्थलमा बिहीवार आयोजित कार्यक्रममा महानिर्देशक गौतमले विश्वव्यापी रूपमा उड्डयन उद्धार तथा अग्नि नियन्त्रणको १०औं स्तरसम्मको मापदण्ड हुने गरेको र त्रिभुवन विमानस्थल नवौं स्तरमा रहेको बताएका हुन् । उनका अनुसार नेपालका अन्य विमानस्थल पाँचौं तहको स्तरमा छन् । ‘उड्डयन उद्धार तथा अग्नि नियन्त्रणमा अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाआ)ेको एनेक्स १४ को च्याप्टर ९ बमोजिमको उद्धार तथा अग्नि नियन्त्रण सेवा प्रदान गर्दै छौं,’ महानिर्देशक गौतमले भने, ‘जसमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा तालीमप्राप्त जनशक्ति परिचालन हुन्छन् ।’ विमानस्थलमा हुने घटनामा उद्धार तथा अग्नि नियन्त्रण टोली अन्तरराष्ट्रिय मान्यताअनुरूप परिचालन हुने गरेको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए । नेपालमा भएको जनशक्ति राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा तालीम प्राप्त भएको उनले बताए । कतिपय अवस्थामा जनचेतनाको अभाव तथा तथ्यभन्दा बाहिर गएर घटना दुर्घटनाका विषयमा चर्चा गरिँदा त्यसले आममानिसलाई भ्रम पार्ने हुँदा यस्ता विषयमा संवेदनशील हुनुपर्ने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले औंल्याए । विमानस्थलको उड्डयन उद्धार तथा अग्नि नियन्त्रण सेवाका डेपुटी म्यानेजर दयानन्द चौधरीले हवाई दुर्घटना हुँदा रमितेको रूपमा आउने भीडले उद्धारमा जोखीम हुने भन्दै यस्ता दुर्घटनामा सम्बन्धित व्यक्तिबाहेक अरूको प्रवेश तथा अनधिकृत प्रवेशलाई पूर्ण नियन्त्रण आवश्यक भएको बताए । केही समयअघि यूएस बङ्गलाको विमान दुर्घटनाको समयमा उद्धार टोली ढिला पुगेको भन्ने तथ्य आधारहीन भएको, विमानस्थलको उद्धार तथा अग्नि नियन्त्रकको टोली समयमै दुर्घटना स्थल पुगेको र उद्धारमा खटिएको डेपुटी म्यानेजर सहदेव नगरकोटीले दाबी गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)