ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश प्रमुखको गाडी खरीदमा करोडौं निकासा

Jul 16, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
अर्थ मन्त्रालयले प्रदेश प्रमुखहरूका लागि गाडी खरीद गर्न जेठ महीनामा मात्रै रू. ४ करोड २० लाख निकासा गरेको छ । मन्त्रालयका अनुसार प्रत्येक प्रदेश प्रमुखका लागि गाडी किन्न रू. ६० लाख दिइएको छ । मन्त्रालयका अनुसार प्रदेश प्रमुखहरूको भौतिक सुविधाअन्तर्गतको शीर्षकमा सो रकम निकासा गरिएको हो । यस्तै राष्ट्रिय पुनर्निर्माण कोषअन्तर्गतको रू. १० अर्बसमेत निकासा गरिएको छ । मन्त्रालयका अनुसार सो रकम भूकम्प पीडितहरूको निजी आवास अनुदानका निम्ति निकासा गरिएको हो । आर्थिक वर्षको अन्त्यमा निकासा गरिएको सो रकम भूकम्पपीडितले पाउने हुन् या होइनन् भन्नेचाहिँ चासोको विषय बनेको छ । भ्रमणका नाममा एकै महीनामा विभिन्न मन्त्रालयलाई अर्थ मन्त्रालयले रू. ६५ लाखभन्दा बढी निकासा गरेको छ । मन्त्री एवम् प्रतिनिधिमूलक टोली विभिन्न देशमा जा“दा लागेको खर्च अर्थले निकासा गरेको हो । सबैभन्दा बढी रकम पाउनेमा परराष्ट्र, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय छन् । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई १ महीनामा रू. ७० लाख निकासा गरिएको छ । अर्थ मन्त्रालयले केही विकास आयोजनाका निम्ति आर्थिक वर्षको अन्त्यमा ठूलो रकम दिएको छ । त्यसमध्ये बर्दियाको बबई नदी नियन्त्रणका नाममा रू. १० करोड निकासा गरिएको छ । साथै सोही आयोजनाको मुआब्जा वितरणका लागि एकै महीनामा छुट्टै रू. ३ करोड ६३ लाख रकमान्तर गरिएको छ । चक्रपथ विस्तार आयोजनाका निम्ति भने मन्त्रालयले रू. ४ लाखमात्रै छुट्ट्याएको देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)