ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रष्टाचारको मुद्दा छिनोफानोमा ढिलाइ

Jul 17, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । आर्थिक अनियमिततासँग सम्बन्धित मुद्दाको सुनुवाइ गर्न गठित विशेष अदालतमा एउटै मुद्दा सुनुवाइका लागि लामो समय लाग्दा लक्ष्यअनुसार प्रगति नभएको पाइएको छ । एउटै मुद्दामा धेरै कानून व्यवसायी हुनु तथा विभिन्न किसिमका आदेश गर्नुपर्नेलगायतका कारण सुनुवाइ गर्न लामो समय लाग्ने गरेको देखिएको हो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीले विशेष अदालतमा विचाराधीन मुद्दामध्ये असारमा ३४ थान फछ्र्योट गर्ने लक्ष्य लिइएकोमा ४१ प्रतिशत मात्र सफल भएको बताए । एउटै मुद्दामा धेरै प्रतिवादी हँुदा र पुराना मुद्दालाई प्राथमिकता दिनु पर्दा पनि विशेष अदालतले लक्ष्य भेट्न नसकेको हो । अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले भने, ‘कुनै कुनै मुद्दामा धेरै प्रतिवादी हुन्छन् । उनीहरूको साक्षीलगायतका विषयमा बुझ्दा धेरै समय लाग्ने गर्दछ । त्यसैले पनि एउटै मुद्दामा धेरै समय खर्चिनु परेको छ ।’ गएको तीन चरणको निर्वाचनमा सरकारी पक्षबाट मुद्दा स्थगित गर्न उल्लेख्य सङ्ख्यामा निवेदन दिएका थिए । त्यसरी निवेदन दिँदा मुद्दाको सुनुवाइ गर्ने दिन पर धकेलिने गर्दछ । न्यायपरिषद्ले कहिलेकाहीँ विशेष अदालतका न्यायाधीश (अध्यक्ष र सदस्य)हरूलाई एकैपटक सरुवा गरिदिने र नयाँ न्यायाधीश आउन समय लाग्ने भएका कारण पनि लक्ष्य भेट्न अप्ठ्यारो परेको बताइन्छ । विशेष अदालतका अध्यक्ष रेग्मीले विशेष अदालतका मुद्दा विशेष प्रकृतिको हुने र नयाँ आउने न्यायाधीशलाई त्यसको प्रकृति बुझ्न समय लाग्ने भएका कारण पनि मुद्दा सुनुवाइ ढिलो हुने गरेको बताए । पछिल्लो ३ महीनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उल्लेख्य सङ्ख्यामा मुद्दा दायर गरेको छ । सो अवधिमा नक्कली प्रमाणपत्र धारण गरेको भनी आरोप लगाएको १५ थानसमेत गरी ३३ थान मुद्दा विशेष अदालतमा दायर गरिएको पाइएको छ । हाल विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आरोपको मुद्दा १७, निर्णय गर्दा भ्रष्टाचार गरेको भन्ने मुद्दा ४८, घूस लिएको भन्ने मुद्दा १ सय १४, राज्यविरुद्धको मुद्दा ५, सम्पत्ति शुद्धीकरण मुद्दा १० थान विचाराधीन छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)